२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा ईलेक्ट्रेनिक पुस्तकालय स्थापना


२८९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, पाँचखाल । लवग्रीन नेपालले पाँचखाल नगरपालिकाका दुई विद्यालयमा ईलेक्ट्रेनिक पुस्तकालय स्थापना गर्ने बिषयमा पाँचखाल नगरपालिकासंग सम्झौता गरेको छ ।

    ईलेक्ट्रेनिक पुस्तकालय सुरुवातको क्रममा पाँचखाल नगरपालिकमा रहेको गोल्मादेवी आधारभूत विद्यालय र बाल प्रतिभा निम्न माध्यमिक गरेको छ । उक्त बिदालयहरुमा १८ फिट लम्बाई, १४ फिट चौडाई र बरण्डा समेत भएको सानो पक्की भवन निर्माण गरि ६ वटा कम्प्यूटर, फर्निचर, आवश्यक पुस्तक र एउटा तथ्याँक अपलोड हुने डिभाईसको व्यवस्था मिलाएको छ ।

    उक्त पुस्तकालयमा विद्यार्थीहरुले आफ्ना विषयगत पुस्तकहरु साथै विविध सिकाईका विधि र सामग्रीहरु पाउने छन् । पुस्तकालयबाट शिक्षकहरुलाई सममेत अध्ययन पूजर्ताजगी गर्ने राम्रो अवसर प्राप्त हुने भएको छ । सम्झौताको क्रममा पाँचखाल नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल, लवग्रीन नेपालको तर्फबाट महा–सचिव रजिव रत्न शाक्य, सम्बन्धित वडाका वडाध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

    सम्झौता पत्रमा हस्ताक्षर भई सकेपछि नगर प्रमुख महेश खरेलले पाँचखालका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न यो एउटा नयाँ आयाम भएको बताउनु भयो । लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले सुरुवातिको क्रममा सुरुगरिएको पुस्ताकालय नमुनाको रुपममा स्थापना गरिने र पछि सवै सामुदायिक विद्यालयमा स्थापना गर्न संस्थाले दातृ समुदाय संग पहल गर्ने बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार