२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जीप दुर्घटना हुंदा एकको मृत्यु, ६ घाइते


२१२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १५ असोज, सप्तरी । सप्तरीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

    जितमहान भगवानको मूर्ति सेलाएर कोशी नदीबाट फर्किदैं गरेको स.१च १६६३ नम्बरको बोलेरो पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका ११ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा अग्निसाइर कृष्णासावरण गाउँपालिका ६ बस्ने ५० बर्षीय नारायण मोचीको मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

    उक्त दुर्घटनामा सोही ठाउँका ४२ बर्षीय सन्तोष विक, २८ बर्षीय सुरेन्द्र ठाकुर, २४ बर्षीय सन्तोष साह, २० बर्षीय रामअबतार साह, १६ बर्षीय सुजन साह र ५० बर्षीय रामचन्द्र राम घाइते भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार