२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ठगिको आरोपमा काभ्रेली पक्राऊ


२०२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १५ असोज, काठमाडौं । नेटवर्किङ व्यवसायको नाममा अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको धुलिखेल घर भई काठमाडौंको चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २५ वर्षीय विनोद महतेलाई बिहीबार पक्राउ गरेको हो ।

    उनीहरुले भारतको सिलीगुडीमा इजाजतविना नै सञ्चालनमा रहेको इम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखी पिरामिड शैलीको सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको प्रहरीको भनाइ छ ।

    उक्त कम्पनीमा सदस्य बनेमा साल्ट ल्याम्प, कपडा, औषधिजन्य वस्तु सस्तो मूल्यमा पाउने भन्दै सदस्यता लिनका लागि पीडितलाई आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको देखिएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि शुक्रबार वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभाग, बबरमहलमा पठाएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार