२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मिनी ट्रकले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु


२५५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १६, शनिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौंको बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मिनी ट्रकको ठक्करबाट काठमाडौं सीतापाइला बस्ने कैलाली गोदावरी नगरपालिका–१२ घर भएका २७ वर्षीय चेत राज जोशीको मृत्यु भएको हो ।

    शनिबार बिहान काठमाडौं महानगरपालिका–१४ बल्खुमा बा ३ ख ९३६९ नम्बरको मिनिट्रकले बा ८८ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं सीतापाइला बस्ने २२ वर्षीय ईश्वर भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार