२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शिक्षकहरुको सम्मेलन सम्पन्न, अध्यक्षमा कमल


४०३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १७, आईतबार मा प्रकाशित २ साल अघि
  • माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन, चौरीदेउरालीको दोश्रो सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले कमल लामाको अध्यक्षतामा २१ सदस्यीय गाउँ समिती निर्वाचित गरेको छ ।

    सम्मेलनले बरिस्ठ उपाध्यक्षमा जगत बहादुर लामा, उपाध्यक्ष गोकणर् जि.सि. महिला उपाध्यक्ष दुर्गा चौलागाईं, सचिबमा सौजन्य लामा, अर्थसचिबमा चन्द्रमान लामा, सह-सचिवमा दावा लामा निर्वाति भएका छन् । नव निर्वाचित सदस्यहरुमा जेमान लामा, तुल बहादुर श्रेष्ठ, चन्द्र कमल नेपाली, केशब कुमार गौतम, दुर्ग बहादुर श्रेष्ठ, उतम बहादुर पन्त, नवीन किसोर राई, शिव शन्खर चौलागाईं, संगीता श्रेष्ठ चौलागाईं, सिजा श्रेष्ठ, अम्बिका गौतम, प्रमिला भेट्वाल, मनोज कुमार प्रधान, बिमला चौलागाई रहेका छन् ।

    ‘पेशागत हकहित र अधिकारका लागि शिक्षक सङ्गठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन चौरी देउरालीको दोश्रो सम्मेलन’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमको उद्घाटन माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सचिवालय सदस्य गंगाबहादुर तामाङ (बमध्वज)ले गरेका थिए ।

    त्यसैगरी कार्यक्रममा विशेष अतिथिमा पार्टीका वागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला सह-इन्चार्ज दिननाथ गौतम, अतिथिहरुमो संविधान सभा सदस्य रेनुका चौलागाइ, जिल्ला सचिवालय सदस्यहरु बिष्णु प्रसाद गौतम, तेज पन्त, एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष दुर्गा सिंह तामाङ, एकीकृत अखिल नेपाल शिक्षक संगठन राहत विभाग केन्द्रीय सदस्य लक्ष्मी लामा, स्थानिय शिक्षक नेताहरु उमेस गुरागाईं, रामचन्द्र चौलागाईं, काली पान्डे लगायतका सहभागी थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार