२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगरको बोर्ड बैठक जनप्रतीनिधिबाटै बहिस्कार


२४७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १८, सोमबार मा प्रकाशित २ साल अघि
  • असोज १८, काभ्रे। पनौती नगरपालिकाको बोर्ड बैठक कांग्रेसले बहिष्कार गरेको छ । नगरपालिकाको १३१औँ नगरपालिकालाई आर्थिक रुपले भार पर्नेगरी भोज भतेर गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको भन्दै बहिष्कार गरिएको कांग्रेसबाट निर्वाचित वडाध्यक्षले बताएका छन् ।

    गरपालीकामा बैठक हल हुँदा हुँदै जनताले आफ्नो गास काटेर कर तिरेको रकम विकास निर्माणको काममा खर्च नगरी एकलौटी ढंङ्गले रिसोर्टमा बौठकको आयोजना गरेको पनौती वडा न. १० का कार्यवाहक वडा अध्यक्ष सरीता नेपालले बताउनुभयो ।

    यस्तै,  वडा नं ९ का अध्यक्ष सहकुल हुमागाईं, वडा नंं ६ का अध्यक्ष सुधिर सापकोटा, वडा नं ७ का अध्यक्ष रामचन्द्र नास्नानी, वडा नं ८ का अध्यक्ष केशब बन्जारा, वडा नं ११ का अध्यक्ष तारामान लामाले होटल डाईमण्ड हिलमा नगरपालिकाको बोर्ड बैठक राख्नुले राम्रो सन्देश नगएको भन्दै विज्ञप्ती निकालेर बहिष्कारको घोषणा गरेका हुन् । बहिष्कारको घोषणा पछि वडा अध्यक्षहरुले कांग्रेस पनौती नगरसभापती रामशरण भण्डारी समक्ष जानकारी गराएका थिए।

    यस्तो छ बिज्ञप्ति

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार