२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आर्थिक बिकासको माया पिरती विद्यार्थीसंग


२३८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १८, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । पाँचखाल र आसपासको क्षेत्रका साथै काभ्रे जिल्लाभरी आफ्नो कार्यक्षेत्रमा रहेका शेयर सदस्यहरुको हित साथै सामाजिक कार्यमा सहेत अगाडी बढ्दै आएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले बिभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसंग समेत सहकार्य गर्ने कार्यको थालनि गरेको छ ।

    विद्यार्थीहरुलाई फजुल खर्च गर्नबाट जोगाउंदै वचत गर्ने बानिको बिकासको लागि अगाडी बढेको संस्थाले “बाल युवा प्रौढ को साथ सबैसँग आर्थिक बिकास” भन्ने मुल नारा लाई आत्मसात गर्दै अगाडी बढेको छ । विद्यार्थीहरुसंग हातेमालो गर्दै अगाडी बढ्ने उद्देश्यले अगाडी बढेको संस्थाले आज (सोमबार) पाँचखाल नगरपालीका वडा नं १२ रहेको आजाद मा बिमा अध्ययन रत विद्यार्थी हरुसंग सहकारीले हातेमालो गदै अगाडी बढ्ने बिषयको साथै सहकारी शिक्षा समेत दिईएको थियो ।

    सस्थाका उपाध्यक्ष एवं आजात मा.विका शिक्षक बाबुकाजी पराजुलीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सस्थाका प्रबन्धक ठाकुर नाथ अधिकारीले प्रस्तुति करण गर्नु भएको थियो । कार्यक्रममा सहभागि विदार्थीहरुले संस्थासंग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए । सहभागि विद्यार्थीहरुले भने—अव हाम्रो र संस्थाको माया पिरती बस्यो, त्यसैले सहकार्य गर्दै अगाडी बढ्छौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार