२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाल्टिनको पानीमा डुबेर २ बर्षकी बालिकाको मृत्यु


२२४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १८, सोमबार मा प्रकाशित २ साल अघि
  • १८ असोज, वीरगञ्ज । बाराको कलैयामा बाल्टिनको पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२० बसतपुरका मैनोद्दिन मियाँको छोरी २ वर्षीया आयश खातुनको मृत्यु भएको हो ।

    सोमबार बिहान पौने ११ बजे घरमै पानीसहितको बाल्टिनमा डुबेकी बालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । प्रहरीका अनुसार बालिकाकी आमाले डुबेको देखेपछि निकालेर तत्कालै अस्पतालतर्फ लगेकी थिइन् ।

    कलैया अस्पतालमा पोष्टमार्टमपछि बालिकाको शव आफन्तलाई जिम्मा लगाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार