२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरी दिवसको अवसरमा काभ्रेमा ६० ले रक्तदान


२५४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १९, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्लामा ६६ औं प्रहरी दिवस–२०७८ को उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धुलिखेल–७, सरस्वती बजारमा भएको उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेको छ ।जिल्ला प्रहरी कार्यालय, काभ्रेको आयोजनामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेल थिए ।

    उक्त कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय काभ्रे, संघिय प्रहरी गुल्म काभ्रे, जिल्ला प्रहरी कार्यालय, काभ्रे तथा मातहत प्रहरी ईकाईबाट ४४ जना, सशस्त्र प्रहरी बल नेपालबाट २ जना, रा.अ.वि. धुलिखेलबाट १ जना, पत्रकारबाट २ जना, सर्वसाधारणबाट ११ जना गरी ६० जनाले रक्तदान गरेका थिए ।

    कार्यक्रम प्रमुख पोखरेलबाट अतिथिज्यूबाट रक्तदान कार्यमा सहभागी भएकी धुलिखेल नगरपालिका वडा नं. ०८ बस्ने स्थानिय सपना बडाललाई ब्लड पउन्च उपलब्ध गराई रक्तादान कार्यको शुभारम्भ गरिएको थियो ।
    नेपाल रेडक्रश सोसाईटी अफ बनेपा शाखाले रक्तदान कार्यक्रममा रगत संकलन गरी सहयोग गरेको थियो भने कार्यक्रम व्यबस्थापन जिल्ला प्रहरी कार्यालय र धुलिखेल पार्टी प्यालेसले गरेको थियो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्री, श्री नं. १५ गण हे.क्वा. पाँचखालका सशस्त्र प्रहरी उपरीक्षक महेश के.सी., राष्ट्रिय अनुसन्धान बिभाग धुलिखेलका प्रमुख अनुसन्धान अधिकृत अरुण कार्की, धुलिखेल नगरपालिका वडा नं. ०७ का वडा अध्यक्ष रोमी प्रसाद ब्यान्जु श्रेष्ठ, रेडक्रश सोसाईटीका प्रतिनिधीहरुको सहभागी थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार