२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राम्रा कार्य गर्नेलाई पुर्ण समर्थन हुन्छ —अधिकारी 


३३९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २०, बुधबार मा प्रकाशित २ साल अघि
  • प्रतिष्ठा कृषि सहकारी संस्थाको दशौं बार्षिक साधारण सभा सम्पन्न

    काभ्रे । कृषक र कृषिमा अब्बल ढंगको कार्य गर्न सफल कृषि सहकारी संस्थालाई अवस्यक सहयोग गर्न तयार छौं । पाँचखाल नगरको पहिचाननै कृषि पेसा हो, सो क्षत्रमा अग्रसर रहेर कार्य गर्ने संस्थालाई सहयोग गर्नु हाम्रो दायित्व हो ।

    उक्त भनाई पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारीले पाँचखाल नगरपालिका वडा नं ३ मा संञ्चालन भएको प्रतिष्ठा कृषि सहकारी संस्थाको दशौं बाषिक साधारण सभा समापनको अवसरमा बताउनु भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अधिकारीले थप्नु भयो—कृषि नगरिको रुपमा अगाडी बढेको नगरमा संञ्चालन भएको कृषि सहकारीले कृषकको हितको खातिर कार्य गर्नुपर्छ । नगरको उद्देश्य लाई आत्मसाथ गर्दै प्रतिष्ठा कृषि सहकारी संस्थाले कृषिमा गरेको योगदान सह्रानिय रहेको बताउनु भयो । नगरको उद्देस्यलाई पुरा गर्ने ढंगको कार्य गर्दै गरेको अवस्थामा लवग्रीन नेपाल नामक संस्थाले प्रतिष्ठा कृषि सहकारीसंग हातेमालो गर्दै अगाडी बढेको खुसि व्यक्त गर्नुभयो ।

    नगरमा रहेको सहकारीहरु मध्य कृषिको क्षेत्रमा अव्वल डंगको कार्य गर्न सफल भएको प्रतिष्ठा कृषि सहकारी संस्थाको लागि भवनको आवस्यक रहेको बताउनु भयो । संस्थाको भवन निर्माणको लागि आफुले वडाको तर्फबाट साथै व्यक्तिगत तर्फबाट समेत सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राम्रो कार्य गर्ने लाई सघाउनु आफ्नो दायित्व रहेकोले आफ्नो दायित्व पुरा गर्ने बिषयमा कुनै कन्जुसाई नगर्ने प्रमुख अतिथि अधिकारीले बताउनु भयो ।

    कार्यक्रमका बिशेष अतिथि पाँचखाल नगरपालिका कृषि तथा सहकारी प्रमुख इश्वर अधिकारीले भन्नुभयो—नगरमा रहेका १३८ सहकारी मध्यकै कृषिको क्षेत्रमा अविस्मरणिय कार्य गर्दै अगाडी बढेको प्रतिष्ठा कृषि सहकारी संस्थालाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । पाँचखालमा शाखा कार्यालय सञ्चालन गर्दै संञ्चालन भएका कतिपय सहकारी संस्थाहरुले ब्रम्हलुट गर्ने उद्देश्यले अघि बढेको छ । पाँचखाल नगरको चाहना विपरित नगरवासिको हित विपरित कार्य गर्ने संस्थाको वारेमा नगरवासि सचेत हुनुपर्ने बताउनु भयो । पाँचखालमा रहेका कतिपय सहकारी संस्थाहरु निस्कृय छन्, त्यस्ता निस्कृय रहेका संस्थाहरुलाई मर्च गरी सहज ढंगबाट संञ्चालन गर्न जरुरी रहेको बताउनु भयो ।

    संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न दशौ साधारण सभामा संस्थाका शेयर सदस्य सुधन प्रसाद अधिकारीले संस्था र शेयर सदस्यहरुको हितको लागि अपनाउनु पर्ने रणनीतिको बारेमा सुझाव राख्नुभएको थियो । संस्थामा कुनैपनि कमि कमजोरी हुनु नहुने, केही कमी कमजोरी भएका सुधार्दै जानुपर्ने आगामी बर्षहरुका लागि कार्ययोजनाहरु निर्माण गरी अगाडी बढ्नुपर्ने सुझाव दिनुभएको थियो ।

    कार्यक्रममा लवग्रीन नेपाल नामक संस्थाका प्रतीनिधि देविप्रसाद गौतमले पाँचखालका कृषकहरुले उत्पादन गरेको तरकारी बिक्रिको लागि वजारको व्यवस्था नभएकोले विचौलियको भरमा तरकारी बेच्नु पर्दा कृषक मर्कामा परेकोले बजारको बेवस्था गर्न आवस्यक रहेको बताउनु भयो । प्रतिष्ठा कृषि सहकारीले कृषिको क्षेत्रमा कार्य गर्दै आएकोले सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो ।

    संस्थाका व्यवस्थापक सुमन बानियाँले संञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष श्याम बहादुर दुलालले स्वागत मन्तव्य राखनु भएको थियो । कार्यक्रममा संस्थाका सचिब सरस्वती दाहाल अधिकारीले संस्थाको प्रगति विवरण, संस्थाका कोषाध्यक्ष शिताराम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार