२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाललाई मिनि काठमाडौ बनाउछौं—बाँस्कोटा


४३७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २०, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, पाँचखाल । पुर्व सुचना तथा संञ्चार मन्त्री गोकुल बाँस्कोटाले काभ्रेको पाँचखाल नगरलाई मिनि काठमाडौको रुपमा अगाडी बढाउने बताउनु भयो । अखिल नेपाल महिला संघ पाँचखाल नगर कमिटिको पहिलो नगर सम्मेलनको उद्घाटन गर्दै पुर्व मन्त्रि बाँस्कोटाले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले भन्नुभयो—पाँचखालमा मदन भण्डारी विस्वविद्यालय सञ्चालन गर्ने साथै पाँचखाल काठमाडौ सुरुङ्गमार्ग बनाउने बिषयमा आफु निरन्तर लागि रहेको र सो कार्य पुरा गरेरै छाड्ने ठोकुवा गर्नुभयो । मैले निर्वाचनको समयमा जे जे बोलेको थिए त्यो सवै पुरा गर्ने बताउंदै अवको केही बर्षमा पाँचखाल मिनि काठमाडौको रुपमा परिचित हुनेमा कुनै शंका नरहेको बताउनु भयो ।

    कार्यक्रममा वाँस्कोटाले थप्नुभयो—नेकपालाई फुटाउन खोजेका प्रचण्ड हाल आएर जिल्ल परेका छन् । फुटाएर राज गरौला भनने सोच थियो आखिर चोइटियो । एमालेबाट चोईटिएर गएकाले पार्टीलाई घाटा छैन, बरु धेरै फाईदा छ । माओवादी संगठन धारासायी हुंदै गएकोले तिलमीलाएका प्रचण्ड पछिल्लो समयमा आएर आगामी निर्वाचनमा ठुलो पार्टी बनाउछु भन्दै झुटको खेति गर्दैछन् । “प्रचण्ड सक्छौं भने मसंग चुवान लड्न आउ” जितेर देखाउन बाँस्कोटाले चेतावनि दिनुभयो ।

    विमला शर्मा अधिकारीको समानेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा वागमति प्रदेश पुर्व सामाजिक बिकास मन्त्रि सरस्वती वस्नेत, वागमति प्रदेस सांसद गोमा भुर्तेल, जिल्ला समन्वय समिति काभे्रका उप—प्रमुख मञ्जु गौतम, नेकपा एमाले जिल्ला कमिटि सदस्य कञ्चन अधिकारी, जिल्ला कमिटि सदस्य हरि खतिवडा, जिल्ला सदस्य शुभद्रा अधिकारी, अ.ने.म.संघ काभ्रे इञ्चार्ज अम्बु भवानी कार्की, अ.ने.म.संघ काभ्रे अध्यक्ष कमला काफ्ले,नेकपा एमाले पाँचखाल नगरकमिटि सचिब बिष्णुहरी पौडेल लगाएतले शुभकमा मन्त्व्य राख्नुभएको थियो ।

    सरस्वती दाहाल अधिकारी को अध्यक्षतामा ५१ जनाको कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा कमला श्रेष्ठ,सचिव सम्झना मिजार,सह सचिव विमला तिमल्सिना,रोजिना तामांग,कोषाध्यक्ष ममता दनुवार रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा फुलमाला ठकुरी,लक्ष्मी बजगाई,यसोदा सापकोटा,राम्री तामांग,जान्दबी सापकोटा,सबिना राइ,गोमा मिजार,अप्सरा ढकाल बोलखे,बिमला चौलागाइ,यसोदा तिवारी,निशा ढुंगाना,बेलकुमारी श्रेष्ठ,सरस्वती खड्का,गोमा पराजुली,मेनुका मिजार,रोजिना खड्का,नानिमैया मानन्धर,कमला लुईटेल आचार्य, गिता मानन्धर,अस्मिता आचार्य सापकोटा,मुना श्रेष्ठ,पार्वती दनुवार,दुर्गा मिजार,जोगमाया श्रेष्ठ,मंगल कुमारी थापा,दुर्गा साहि लगाएतको रहनु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार