२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा कुनैपनि बिकास निर्माणको बजेट काटिएको छैन—खरेल, पाँचखालमा ४० वटा उद्योग स्थापनाको तयारी


२६४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २१, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,पाँचखाल । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले काभ्रेमा विकास निर्माणको वजेट काटियो भन्ने हल्ला निराधार रहेको बताउनु भयो ।
    नेपालि कांग्रेस पाँचखाल नगरसमितिका नि—बर्तमान पदाधिकारीहरुलाई सम्मान तथा विजया दशमी तथा दिपावलिको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रको उद्घाटन गर्दै (आज) नगर प्रमुख खरेलले उक्त धारणा राख्नु भएको हो ।
    कार्यक्रमका प्रमुख अतिथि खरेलले भन्नुभयो—कम्युनिष्ट सरकारले काभ्रेको विकास निर्माणका लागि छुट्याईएको वजेट नेपाली कांग्रेसको नेतृत्वको सरकारले काटेको भन्ने निराधार हल्ला पिटाएर जनतालाई भ्रम फैलाएको बताउनु भयो । उहाँले थप्नुभयो बजेटको सुनिष्चितता नभएको योजनामा बजेट परेको भनि भ्रमको खेती गर्दै हिडेको बताउनु भयो । जनता समक्ष झुटको खेती गर्दै हिड्नेले रातो पुस्तिकको कति नं पेजमा उल्लेख गरेको बजेट काटीएको भनि भन्न सक्नु पर्छ ।
    कम्युनिष्ट सरकारले कमिसनको नाउमा लुट मच्चाउंदै नातागोताको हितको लागि कार्य गर्ने गरेको छताछुल्ल भएपछि जनतासामु झुटको खेती गर्दै हिडेका छन् । उनिहरुको व्यवहारले गर्दा आजित भएका जनताले नेपाली कांग्रेसलाई साथ दिएका छन् । जसको कारण पछिल्लो समयमा २ हजार जना नेपाली कांगे्रसमा प्रवेश गरिसकेको र १ हजार जना प्रवेशको तयारी रहेको खरेलले बताउनु भयो । उहाँले थप्नुभयो काग्रेसको पहलमा भएका विकास निर्माणको कार्यलाई आफुहरुले गरेको भन्दै झुटको खेति गरेको जनताले राम्रोसंग बुझेको छ ।

    कार्यक्रममा प्रमुख अतिथि खरेलले पाँचखालमा नेपाली कांग्रेसको अगुवाईमा ४० वटा उद्योहरु स्थापनाको तयारी रहेको र जसका कारण ४ हजारले रोजगारी पाउने बताउनु भयो । पाँचखालमा पिउने पानीको समस्या समाधानको लागि कार्य तिब्र गतीमा अगाडी बढेको र सिंचाईको व्यवस्थाको लागि पहल गरेको बताउनु भयो । तीनै तहको सरकार सञ्चालन गर्ने क्षमता नेपाली कांग्रेसमा मात्रै भएकोले कांगे्रसले नेतृत्व गरेको ठाउमा दिर्घकालिन ढंगको विकास निर्माण कार्य भएको बताउनु भयो ।

    कार्यक्रमका विशेष अतिथि पुर्व क्षेत्रिय सभापति शुन्दरमणि आचार्यले भन्नुभयो—पाँचखाल नगरवासि साथै संगठनको हितको लागि एक जुट भएर अगाडी बढ्नुपर्नेे । नेकपा एमालेले टोलटोलमा पुगेर झुटको खेती गरी रहेका छन् तर जनताहरुले राम्रोसंग बुझेका छन् कस्ले देश र जनताको लागि राम्रो गर्छ भनेर । कम्युनिष्ट नेतृत्वको सरकारले देस र जनताको हितको लागि के—कति राम्रा कार्य गर्न सके वा सकेनन् भन्ने बिषयमा जनताले राम्ररी बुझेकोले अवका दिनमा जनतालाई झुक्याउन नसक्ने ठोकुवा गर्नुभयो ।

    मुलुकमा जव अप्ठेरो पर्र्छ तव सो अप्ठेरो समयमा नेपाली कांग्रेस बाहेक विकल्प नरहेको कुरा पनि जनताले बुझेका छन् । ५ बर्षको लागि वहुमतको सरकार चलाउने अधिकार नेपालि जनताले दिएको अवस्थामा काम गर्न नसकेरो राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा बद्नाम भएको कुरो नेपाली जनताले राम्ररी बुझेकोले अवका दिनमा नेपाली कांगे्रस लाई जनताले बहुमतको सरकार संञ्चालन गर्न दिनेमा कुनै दुइमत नै नभएको बताउनु भयो ।

    नेपाली कांगे्रस पाँचखाल नगरसमितिका नवनिर्वाचित सभापति सन्जय तमाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रधानमन्त्रीका प्रसाशनिक सल्लाहकार जनार्जन नेपाल, महांसमिति सदस्य डा.राम थपलिया, महांसमिति सदस्य हेम लामा, क्षत्रिय उप—सभापति बृल लामा, महांधिवेशन प्रतिनिधि सुनिता तामाङ, क्षत्रिय प्रतिनिधि डा.सुधार अधिकारी, जिल्ला सदस्य अर्जुन प्रसाद सापकोटा, संघिय क्षेत्रिय उप—सभापति मान वहादुर तमाङ, प्रदेश क्षेत्रिय सह—सचिव सुन्दर तमाङ, पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवार, पाँचखाल नि—बर्तमान नगर सभापति गणेश अधिकारी, नि—बर्तमान नगर समिति सचिब राजाराम पौडेल, वडा समितिको तर्फबाट राम कृष्ण दंगाल, वडा अध्यक्षहरुको तर्फबाट किरण श्रेष्ठ लगाएतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    वर्तमान नगर समितिका सचिव सुनिल लुईटेलले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य नगरसमितिका उप—सभापति अचुतराज उप्रेतिले गर्नुभएको थियो । कार्यक्रममा गणेस प्रसाद अधिकारीको नेतृत्वमा रहेको नेपालि कांग्रेस पाँचखाल नगरसमितिका निवर्तमान कार्यसमितिहरुलाई भव्य ढंगबाट सम्मान गरीएको थियो । कार्यक्रममा प्रधानमन्त्रिका सल्लाहकार जनार्जन नेपाललाई पनि सम्मान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार