२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कारमा गोली प्रहार गरी ८ लाख लुटियो


१९५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २१, बिहिबार मा प्रकाशित २ साल अघि
  • २१ असोज,बुटवल  । कपिलवस्तुको गोरुसिंगे जंगलमा अज्ञात समूहले गोली प्रहार गरी ८ लाख रुपैयाँ नगद लुटेको छ । बुद्धभूमि नगरपालिका–१० स्थित तौलिहवा–गोरुसिंगे सडक अन्तर्गत  तिलौराकोट साझेदारी वन कार्यालय नजिक मोटरसाइकलमा आएका दुई जनाले कारमा सवार व्यक्तिमाथि गोली प्रहार गरी नगद लुटेर लगेका हुन् ।

    बिहीबार दिउँसो ३ बजेतिर प्रदेश ३–०१–०२३ च ८०८९ नम्बरको कारमा सवार कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाका रामरक्षा जैसवालमाथि गोली प्रहार गरी उनीहरू  भागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले बताए । गोली प्रहार गरेर भागेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार