२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा काेराेनाबाट मृत्यु भएकाकाे परिवारलाई आर्थिक सहयोग


१९४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले कोभिड–१९ बाट निधन भएका परिवार र ‘भेन्टीलेटर’मा उपचार गराइएकालाई आर्थिक सहयोग प्रदान गरेका छन् । शुक्रबार (आज) नगर कार्यपालिकाको कार्यालय मै बोलाएर नगर प्रमुख वाइबाले उनीहरुलाई आर्थिक सहयोग गरेका हुन् ।

    कोभिड–१९ बाट मृत्युु भएका व्यक्तिका परिवार तथा भेन्टिलेटरमा उपचार गराएका बिरामीहरुलाई यस अघि नै नगर कार्यपालिकाको बैठकले नगरपालिकाबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।कार्यक्रममा कोभिड–१९ बाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले र भेन्टिलेटरमा उपचार गरेका व्यक्तिहरुलाई प्रति व्यक्ति २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख वाइबाले कोभिड–१९ बाट निधन भएका नगरबासी प्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःख प्रकट गरे । आफूहरुले नगरपालिकाबाट गरेको आर्थिक सहयोग थोरै भएपनि जनताको सुख दुखमा एकै ठाउँमा छ भन्ने सन्देश दिन खोजेको बताए । ‘हुन त यो पैसा थोरै छ । हामी जनप्रतिनिधिहरु अभिभावकको रुपमा खडा छौं ।’ उनले भने, ‘जनताको सुखदुःख, बिकासमा सधैं सँगै हुनुपर्छ भनेर यो कार्यक्रम गरेका हौ ।’

    कोभिड–१९ संक्रमितको उपचार गर्दा परिणाममुखी बनाउन धेरै कठिनाइहरु आएपनि अरु स्थानीय तहमा भन्दा कोभिड–१९ बाट हुने मृत्युुदर धेरै कम रहेको बताए । यो अवधिमा नगरपालिकाले ३ वटा एम्बुलेन्स निःशुल्क ब्यबस्था गरेको बताए । जनताको पिडामा साझेदारी गर्नका लागि दुःखको बेलामा अभिभाकत्व ग्रहण गरेको बताउँदै नगर प्रमुख वाइबाले जनताको पिडामा सधै आफूहरु सँगै रहेको र आगामी दिनमा पनि हुने प्रतिबद्धता जाहेर गरे ।

    त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत प्रणनाथ न्याउपानेले नगर प्रमुख वाइबा कै नेतृतवमा उच्च प्राथमिकताका साथ कोभिड–१९ विरुद्ध अगाडी बढेको बताए । सो कार्यक्रम कोभिड–१९ बाट मृत्यु भएका १८ जनाका परिवारलाई नगर प्रमुख वाइबाले प्रति परिवार ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।  मण्डनदेउपुर नगरपालिकाका २५ जना व्यक्तिहरुको कोभिड–१९ संक्रमण भइ मृत्यु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार