२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ऋणकै कारणले सम्बन्ध बिच्छेद हुने गरेको छ—उपमेयर, ग्रामिण महिलाको २६ औं साधारण सभा सम्पन्न


२८४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २३, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे। काभ्रेको पाँचखाल नगरपालीका वडा नं ६ तिनपिप्लेमा रहेको ग्रामिण महिला बिकास बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं बार्षिकसाधारण सभा आज (शनिबार) सम्पन्न भएको छ ।

    साधारण सभाको उद्घाटन गर्दै पाँचखाल नगरपालिका उप—प्रमुख लक्ष्मी दनुवारले भन्नुभयो—महिलाहरु उद्देमशिल, आर्थिक सवल नभएसम्म समृद्ध नेपाल निर्माण हुन सक्दैन । महिलाहरुलाई उद्धेमशिल बनाउने साथै आर्थिक सवल बनाउन ग्रमिण महिला विकास वहुउद्देश्यीय सहकारी संस्थाले ठुलो भुमिका खेलेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि दनुवारले लघुबित्तले चक्रबर्ती व्याजमा गाउंगाउमा ऋण लगानी गरेको छ, पारीबारी रुपमा सल्लाहै नगरी श्रीमान वा श्रीमतिलाई कुनै जानकारीनै नगराई ऋण लगानी गर्ने गरेको बताउनु भयो । चर्को व्याजका कारण समयमा ऋण तिर्न नसक्ने जसको कारण परिवारमा विवाद भई श्रीमान श्रीमति विच सम्बन्ध विच्छेद हुने घटनाहरु धेरै रहेको बताउनु भयो । सोधा सिधा जनतालाई लघुवित्तले लुटिई रहेको अवस्थालाई सहकारीहरु सचेत भएर लुट्नबाट जोगाउनु पर्ने बताउनु भयो ।

    महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउने र सक्षम बनाउने काममा ग्रामिण महिलाले बिगत २६ बर्षबाट निरन्तर रुपमा आफ्नो कार्यहरु गर्दै आएकोले पाँचखालका महिलाहरु सचेत भएको प्रमुख अतिथि दनुवारले बताउनु भयो । नगरपालिकाको तर्फबाट लक्षीत बर्गको कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ सोही कार्य अन्तरगत महिलाविकास समेत हातेमालो गर्दै अगाडी बढेकोमा खुसि व्यक्त गर्नुभयो ।

    कार्यक्रमका सभापति एवं संस्थाको अध्यक्ष सरस्वति चिमौरीयाले पानँचखालका महिलाहरुको हितको लागि सहकारी संस्था निरन्तर रुपमा अगाडी बढेको बताउनु भयो । महिलाहरुलाई आर्थिक सवल वनाउने क्रममा अगाडी बढेको भन्दै थप सहजताको लागि रणनीतिक ढंगको भावि योजना प्रस्तुत गर्नुभयो । उहाँले थप्नुभयो पाँचखाल क्षेत्रको अग्रणी संथाको रुपमा विकास गर्दै राष्ट्रिय अन्तराष्ट्रिय रुपमा संस्थालाई परिचित गराउने ढंगबाट संस्था अगाडी बढेको बताउनु भयो ।

    संस्थाको उपाध्यक्ष इन्दिरा गौतमले स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा पाँचखाल सहकारी संञ्जालका संयोजक विद्यादेवि देउजा, संस्थाको पुर्व अध्यक्ष सुभद्रा अधिकारी, संथाका सल्लाहकार एवं संञ्चारकर्मी इश्वरी राजकुमार मैनाली लगायतका वक्ताहरुले शुभकामना मन्त्वय व्यक्त गर्नुभएको थियो । गायत्रि पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक मनोज श्रेष्ठले आर्थिक प्रतिवेदन र संथाका सचिब गिता नेपालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार