२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ओलीले आफ्नो गल्ती स्वीकारेमा विचार गर्न सकिने-नेपाल


१९७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २३, शनिबार मा प्रकाशित २ साल अघि
  • २३ असोज,काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको ४ गल्ती औंल्याएका छन् । शनिबार पार्टीको काभ्रे जिल्ला कार्यालय उद्घाटन र चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ४ गल्ती औंल्याएका हुन् ।

    कार्यक्रममा नेपालले ओलीले आफ्नो गल्ती स्वीकारेमा विचार गर्न सकिने तर सुध्रेला जस्तो आफूलाई नलागेको प्रष्ट पारे । ‘केपी ओलीले गल्ती गरेको कुरा स्वीकार गर्छन् भने, मैले आफ्नो कुर्सी बचाउनका लागि प्रतिनिधि सभा विघटन गरेर गल्ती गरें भन्ने मान्छन भने, पार्टी भित्र गलत कुरा अपनाएको कुरा मान्छन भने, अहिलेसम्म चालेका कदमहरु गलत भएको स्वीकार्छन भने, देशलाई राम्ररी हाँक्न सकेन, भ्रष्टचारमा सरकार चुर्लुम्मा डुब्यो त्यो डुब्ने जिम्मेवारी मेरो भन्ने सोच्छन् भने त्यसपछि सोच्न सकिन्छ ।’ उनले भने, ‘तर केपी ओली सोध्रेला भन्ने आशा कसैले गरेका छैनन् ।’

    संसदमा एमालेले तमासा देखाएको टिप्पणी गरे । संसदमा देखाएको तमासा केपी ओलीको तमासा रहेको उनले बताए । ‘संसदमा तमासा देखाउँदै नारा लगाइरहेको देखिन्छ । यी सबै केपी ओलीको तामासा हो ।’ अध्यक्ष नेपालले भने, ‘यो उनको पराजय र पराजीत मानसिकताको उपज मात्र हो ।’

    एमालेको गोदावरीमा भएको विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिंदै नेपालले मज्जाले मासु भात ख्वाएर ‘फलना नेता जिन्दावाद’ भन्ने नारा लगाउन लगाएको उनको आरोप छ । ‘केपी ओलीका मान्छेहरुले मलाई भनेको छन् कि त्यो कुम्भ मेलामा विधानको ‘ब’ उच्चरण भएन रे । छलफल बहसहरु पनि केही पनि भएन रे । गोदावरीमा दिनदिनको खसी र कुखुराको भत्तेर मात्रै लाग्यो, त्यत्रो भतेर गर्ने पैसा कहाँबाट आयो ? भनेर कुरा उठाउँदा त्यसबारेमा कुनै जवाफ दिएनन् ।’ एमाले नेताको भनाई उदृत गर्दै उनले भने, ‘मज्जाले मासु भात खानुहोस्, मज्जाले नारा लगाउनुहोस् फलना नेता जिन्दावाद । कम्युनिष्ट पार्टीको काम त्यहीं हो ?’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार