२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सवै सहकारीलाई समान सुबिधा दिइन्छ—अधिकारी, जनज्यतीको १४ औं साधारण सभा सम्पन्न


१८१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २३, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिका कृषि तथा सहकारी प्रमुख ईश्वर अधिकारीले पाँचखाल नगरमा रहेको सवै सहकारीलाई समान सुबिधा दिने बताउनु भयो ।
    पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको जनज्योती बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभाको उद्घाटन गदै अधिकारीले उक्त धारणा राख्नुभएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि अधिकारीले भन्नुभयो—सहकारीहरु नियम नियम अनुसार सञ्चालन हुनु पर्छ, नियम मिचेर अगाडी बढेका सहकारीलाई माया गरिरहन सकिदैन । नियम संगत संञ्चालन भएको सवै सहकारीहरुलाई नगरको सहकारी साखाले समान व्यवहार गर्ने बताउनु भयो ।
    पाँचखालमा १३८ वटा सहकारीहरु रहेका छन्, तर सहज ढंगबाट सवै सहकारीहरु संञ्चालनमा आएका छैनन् । कुनैपनि सहकारीको कम्तिमा २५० शेयर सदस्य हुनुपर्छ, यदि सकारी नियम कानुन अनुसार संञ्चालन हुन नसकेको सहकारीहरु मर्चको प्रकृयामा अगि बढ्न जरुरी रहन्छ ।
    संस्थाका अध्यक्ष धर्मराज राईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार इश्वरी राजकुमार मैनालीले संस्थाको साथै शेयर सदस्यहरुको हितको खातिर सुझाव राख्नु भएको थियो । संस्थाका सचिव श्याम कुमार दनुवारले संञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष धर्मराज राईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष इन्द्र बहादुर दनुवारले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार