२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

केपी ओली एक्लो तानाशाह हो—पुर्व सांसद, अरुण बानियाको नेतृत्वमा ४५ जनाको कमिटि (नामावलि सहित)


२२०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २५, सोमबार मा प्रकाशित २ साल अघि
  • २५ अशोज, काभ्रे । पुर्व सांसद बिदुर सापकोटाले के.पी ओली एक्लो तानाशाह भएको बताउनु भयो । मुलुलाई उधो गतीमा धकेल्दै एक्लो तानाशाहको रुपमा अगाडी बढ्दै व्यवस्थालाईनै सखाप पार्ने योजनामा अघि बढेकोले हामीले साथ दिन सकेनौ ।

    नेकपा (एकिकृत समाजवादी) पाँचखाल नगरपालिको वडा नं ६ वडा भेला तथा वडा कमिटि गठनको क्रममा आज (सोमबार) पुर्व सांसद सापकोटाले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि सापकोटाले भन्नुभयो—जनताको नमस्कार खान साथै सांसद मन्त्री बन्नको लागि मैले कम्युनिष्ट पार्टी रोजेको होईन, नेपाली गरिब जनताले न्याय पाउनु पर्छ,सम्मानजनक समानता आवश्यक छ भनि सोही कायम गर्न कम्युनिष्ट पाटीमा लागेको हो । पछिल्लो समयमा आएर केपी ओली गुटले वास्तविक कम्युनिष्ट पार्टीको नीतिलाई सखाप पार्ने ढंगबाट कम्युनिष्ट पार्टीको नीति र विचारलाई संरक्षण गर्न मुलुकमा नेकपा (एकिकृत समाजवादी) पार्टीको उदय भएको हो ।

    नेकपा (एकिकृत समाजवादी) पार्टी नेपाली जनताको हित, कम्युनिष्ट बिचारको संरक्षण , नेपाली जनताले लामो त्याग तपस्या साथै वलिदानीबाट हाशिल गरेको व्यवस्थालाई जोगाउनको निम्नि अगाडी बढेको छ,सापकोठाले भन्नुभयो । पार्टीले टिकट नदिदा विग्यप्ति जारी गर्दै आफु स्वतन्त्र ढंगबाट उम्मेदवारी दिने र पार्टीको तर्फबाट भएका उम्मेदवार लाई हराउछु भन्ने गोकुल बाँस्कोटाले फटाहा कुराको भ्रम छर्दै हिडेको काभे्रली जनताले राम्रोसंग बझेको बताउनु भयो ।

    कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) पार्टी काभे्रका अध्यक्ष एवं मण्डनदेउपुर नगरपालिका मेयर टोृकवहादुर वाईवाले भन्नुभयो—पार्टीको घोषणा पत्रको आधारमा नेपालि जनताले ५ बर्षको लागि जिम्मेवारी दिएकोमा साडे तिन बर्षमै संसद बिघटन गर्ने केपी ओली पक्षका माननियहरुले सांसदको लोगो लाउने अधिकार नभएको बताउनु भयो । गोकुल बाँस्कोटाले नक्कली कुरा गर्दै झुटको खेति गरीरहेकोले काभे्रली जनता सतेत हुनुपर्ने बताउनु भयो । “होसियार गोकुल जि”काभे्रमा कुनै बिकास निर्माणको माखो मार्न नसक्नेले अरुको पहलमा भएको बिकास निर्माणलाई आफुले गरेको भनि साईवर स्यालहरुले हुइया पिटाउंदैमा जनता पत्याउने पक्षमा छैनन् ।

    नेकपा (एकिकृत समाजवादी) पार्टी पाँचखाल नगर कमिटि अध्यक्षको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा इञ्चार्ज हरेराम सापकोटा, जिल्ला कमिटि सचिव दिपक गौतम, मण्डन नगरपालिक अध्यक्ष गोकुल गौतम, प्रदेश कमिटि सदस्य ओ्पि लामिछाने, नणबहादुर बोहरा, पाँचखाल नगरपालिक वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल लगाएतक बक्ताहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो । नेकपा (एकिकृत समाजवादी) पार्टी पाँचखालका सचिब शुर्य वहादुर भेट्वालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम बाट ४५ सदस्यीय कमिटि गठन भएको छ ।

    अरुण वानियाँको संयोजकमा गठित समितिहरुमा बलराम तिमल्सिना, मुरलि परियार, नरवहादुर श्रेष्ठ, मञ्जु तिमःिसना , वेद प्रसाद मिजार, पुर्ण बहादुर मिजार, पार्वती केसी, सरस्वती ढुंगाना, लक्ष्मी बस्नेत, रञ्जित दनुवार, समिर दनुवार, भुवन दनुवार, मदन दनुवार, सुमन दनुवार, सम्भु दनुवार, कालु दनुवार, कल्पना हुमागाई, ईश्वरी दुलाल, सहदेव थापा, इन्दिरा घिमिरे , राजकुमार श्रेष्ठ, गिता भारती, भिमसेन भारती, विक्रम बहादुर गौतम, अभिमन्यु दनुवार, जयराम दनुवार, सुदिप दनुवार, अम्बिका मिजार, मुकुन्द गौतम, अप्सरा पिरियार, उमेश, कल्पना श्रेष्ठ ढुंगाना, रामबहादुर श्रेष्ठ, मनिस दुलाल, विवेक केसी, सञ्जय शिबभक्ति, मायाँ दनुवार, सुनिल दनुवार, मनिस श्रेष्ठ, कैलास श्रेष्ठ, सन्तोष राई, राजिव दनुवार लगाएतका रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार