२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सवारी दुर्घटनामा परि ८ मृत्यु


२१०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २५, सोमबार मा प्रकाशित २ साल अघि
  • कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप आज सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट घुम्न गएका ६ पुरुष, १ महिला र जिपका चालक खुसीमान क्षेत्रीको निधन भएको हो ।

    घान्द्रुकको हुँदु कटेपछि घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा ग १ ज ६९०० नम्बरको जिप ब्याक हुँदा सडकबाट झण्डै डेढ सय मिटर तल मोदी खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।

    जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेका कारण बाँच्न सफल भएकी छन् । आज सोमबार करिब दुई बजेतिर भएको दुर्घटनामा निधन हुनेमा प्राय सबै युवाहरु रहेको स्थानीय थमन सुनारले बताए ।

    मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले बताए । ७ मृतकको सनाखत हुन भने बाँकी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार