२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुरक्षा गार्डमाथि गोली प्रहार गरी बैंक लुट्ने ३ पक्राउ


२१७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २५, सोमबार मा प्रकाशित २ साल अघि
  • मोरङ — धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंक शाखामा शुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् । तीमध्ये दुई भारतीय नागरिक भएको र एक विराटनगरका बासिन्दा भएको सुरक्षा स्रोतले जनाएको छ । ४/५ जनाको समूह बैंकमा जबर्जस्ती छिर्न खोज्दा रोक्ने क्रममा सुरक्षा गार्डलाई गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    लुटेरा समूहको गोली लागेर बैंकका सुरक्षा गार्ड रंगेली नगरपालिका २ का सीतल कुंवर घाइते छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

    कुंवरको घाँटीको पछाडि भागबाट गोली लागेको र एक्स–रे गरी हेर्दा शरीरमा गोली नदेखिएकोले गोली निस्केको हुनसक्ने उपचारमा संलग्न चिकित्सकले बताए । लुटेरा समूहलाई सुरक्षा गार्डले रोक्न खोजेपछि लुटेरा समूहले तीन राउण्ड गोली चलाएको स्थानीयको भनाइ छ । लुटेरा समूहले बैंकभित्र प्रवेश गरेर के कति लुटपाट गरे भन्नेबारे अहिले केही खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

    बैंक लुटेर भाग्दै गरेकामध्ये तीन जनालाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको श्रेष्ठले बताए । नियन्त्रणमा लिने क्रममा पक्राउ परेकामध्ये एक जनाको तिघ्रामा गोली लागेको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको हो । पक्राउ परेकामध्ये दुई जना भारतीय र एक जना विराटनगरवासी भएको सुरक्षा स्रोतले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार