२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रचण्ड बिनोद चौधरीका मतियार हुन्—बाँस्कोट


२५९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २६, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । नेकपा एकाले काभ्रे इञ्चार्ज एवं पुर्व संञ्चार मन्त्री गोकुल बाँस्कोटाले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड बिनोद चौधरीको मतियार भएको बताउनु भयो । सोमबार पाँचखाल नगरपालिका वडा नं –१३ कोसिदेखामा वडा अधिबेशनको उद्घाटन गर्ने क्रममा पुर्व मन्त्री बाँस्कोटाले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले बिकास र समृद्धिको अगुवाई नेकपा एमाले गरेको बताउनु भयो । नेकपा एमाले जनता समक्ष बोलेका बाचाहरु पुरा गर्ने पार्टी भएको ठोकुवा गर्नुभयो । आफुहरु सुकुम्बासी र भुमिहिनहरुलाई जग्गा दिलाउन लागेको तर परमादेशको आधारमा बनेको सरकार सुकुम्बासीको छातीमा गोलि हाल्न लागेको बताउनु भयो । पार्टी फुटाउन प्रमुख भुमिका खेल्दै आएका नेकपा माओवादी अध्यक्ष प्रचण्डको चुरीफुरी बढेको छ , झुटा शब्दको माला गाँस्दैछन् यदि उनिसंग तागत भए आफू संग चुनाब लड्न आउन चुनौती दिनुभयो ।

    कार्यक्रममा प्रदेश सदस्य रिता ढकालले महिला ,जनजाति ,गरिब ,बिपन्न को अधिकारको निम्ति एमाले काम गरेकाले नेकपा निरन्तरता को रुपमा अहिलेको एमाले रहेकाले सबै बामपंथी एक भएर जानू पर्ने बताउनु भयो ।


    त्यसगरी नेकपा एमालेका युबा नेता कन्चन अधिकारिले पाँचखालको बिकासका निमित्त एमाले दुरगामी महत्त्व राख्ने ठुला आयोजना अगाडि बढाएको र त्यस्को निर्माण सम्पन्न र निरन्तरताका निमित्त पनि एमालेको नेतृत्व अब पाँचखालमा आवस्यक रहेको,अब नगरको नेतृत्व एमाले जित सुनिश्चित रहेको त्यस पछि नमुना नगरको रुपमा अगाडि बढाउने योजना रहेको बताउनु भयो ।

    कार्यक्रममा जिल्ला नेताहरू राजकुमार श्रेष्ठ ,हरि खतिवडा ,पुष्कर ढकाल ,प्रकाश ब्लोन,जगत लामा लगाएतले आ—आफ्नो धारणा राख्नुभएको थियो । वडा अधिबेसनले जनक राज तामाङ नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ,कमिटीको उपाध्यक्ष राम रोक्का , सचिब बिस्नु लामा सह सचीव तेजमान लामा र तारा थापा मगर लगाएत निर्बाचित हुनुभएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार