२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

श्रीमती हत्या आरोपमा एकजना पक्राउ


२०६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २८, बिहिबार मा प्रकाशित २ साल अघि
  • २८ असोज, बुटवल। श्रीमतीलाई हत्या गरेको आरोपमा एकजना व्यक्ति अर्घाखाँचीबाट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गुल्मीको ईस्मा गाउंपालिका वडा-२ हल्दीटारा घर भइ हाल अर्घाखाँची छत्रदेब–८ मा डेरामा बस्ने बर्ष ४३ का लाल बहादुर कुमाल रहेका छन् । उनले असोज २७ गते दिउसो आफ्नो श्रीमती बर्ष ३० की सिता कुमाललाई कुटपिट गरी हत्या गरेका थिए ।

    श्रीमतीको हत्यापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रहरी निरीक्षक सुजन शाहको नेतृत्वमा खटिएको ७ जनाको टोलीले पक्राउ गरेको हो । कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी अमर थापाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार