२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

टीका लगाएर फर्किंदा भिरबाट लडेर मृत्यु


२२८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ३०, शनिबार मा प्रकाशित २ साल अघि
  • ३० असोज, खोटाङ । खोटाङमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको हो ।

    उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किरहेका थिए । शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।राउतको शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार