२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

९ युवकविरुद्ध सामूहिक बलात्कारको आरोप


२००८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ३१, आईतबार मा प्रकाशित २ साल अघि
  • सिन्धुली — दसैंको टीका लगाएर घर फर्किने क्रममा सिन्धुलीको कमलामाई नगरपालिका-५ को लब्दाहखोलास्थित ९ युवाको समूहबाट बलात्कृत भएको भन्दै ३ जना किशोरीले उजुरी दिएका छन् । सिन्धुलीको कमालामाई नगरपालिकाका ३ जना किशोरीका परिवारले ती युवकहरुविरुद्ध उजुरी दिएका हुन् ।

    किशोरीका आफन्तले प्रहरीमा दिएको किटानी जाहेरी अनुसार आफन्तकहाँ दसैं टीका लगाएर फर्किंदा शनिबार राति कमलामाई नगरपालिका-५ को लब्दाहखोला पुलमुनि ९ जना यूवाहरूको समूहले सामूहिक बलात्कार गरेका थिए । प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार सामूहिक बलात्कारमा संलग्न आरोपीमध्ये ३ जनालाई पक्राउ गरिएको छ । बाँकी ६ जना फरार छन् ।

    बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेका छन् । बलात्कार भएका किशोरीका अभिभावकले किटानीसहित ती यूवाहरूलाई कारबाहीको माग गर्दै दिएको उजुरीका आधारमा २२ वर्षीय हिम लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । बलात्कारमा संलग्न फरार व्यक्तिहरूको खोजतलास भइरहेको उनले बताए ।

    दसैंको बिदाका कारण अदालत बन्द भएकाले पक्राउ परेकालाई कारबाही गर्न हाललाई पक्राउ पूर्जी लिएको र खुलेपछि थुनामा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक भट्टराईले बताए ।

    प्रहरी स्रोतका अनुसार ३ जनामध्ये २ किशोरीको बलात्कारमा संलग्न २ युवकसँग चिनजान रहेको र बोलाएर जाँदा सामूहिक बलात्कारमा परेका थिए ।किशोरीहरूको मेडिकल जाँचका क्रममा पनि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ । एकजना किशोरीलाई पाँचजनाले सामूहिक बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार