२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते


२७९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ३१, आईतबार मा प्रकाशित २ साल अघि
  • ३१ असोज, काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ ।

    सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको बा २ ख ३२६४ नम्बरको बस ६ किलो नजिक दुर्घटना भएको हो । घाइतेहरुलाई काभ्रेको धुलिखेल र खाडीचौरको अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

    धुलिखेल अस्पतालमा उपचाररत घाइतेको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार