२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपा (एस) काभ्रेमा को नेताले कुनको जिम्मेवारी पाए ?


१८०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ३१, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे (धुलिखेल) – नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्ला इञ्चार्जको जिम्मेवारी संविधानसभा सदस्य कृष्ण प्रसाद सापकोटालाई दिइएको छ ।

    नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले सापकोटालाई इन्चार्जको जिम्मेवारी दिएको हो । त्यस्तै बैठकले संविधानसभा सदस्य बिदुर सापकोटा र जिल्ला अध्यक्ष टोक बहादुर वाइवाले काभ्रे जिल्ला सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

    बागमती प्रदेशका सांसद लक्ष्मण लम्साललाई बागमती प्रदेश कमिटी सचिव र काभ्रे जिल्ला सह–इञ्चार्जको जिम्मेवारी तोकिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकले पूर्व सांसद एवं बामपन्थी नेता शिवबहादुर देउजालाई केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा मनोनित गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार