२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बोक्सीको आरोपमा हत्या


१८२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ३१, आईतबार मा प्रकाशित २ साल अघि
  • ३१ असोज, जनकपुरधाम । महोत्तरीमा दशैंको समयमा बोक्सीको आरोपमा एक महिलाको हत्या भएको छ भने अर्की एकलाई मलमुत्र खुवाएर दुर्व्यवहार गरेको खुलेको छ । महोत्तरी गाउँपालिका ३ मडई बस्ने सञ्जय झाले २७ असोजमा भाउजु शिलादेवीको हत्या गरेको प्रहरीले जनाएको छ ।

    शिलादेवी, देवर सञ्जय र देवरानी रिंकुसँगै बस्दै आएकी थिइन् । गत असारमा सञ्जयसँग बिहे गरेकी रिंकुसँग गर्भवती थिइन् । गर्भपतन भएपछि संजय जनकपुधरामस्थित रिंकुको हजुरआमाको घरमा बस्न थाले । त्यहाँ बस्दा पनि रिंकु बेलाबेला विरामी भइन् । अस्पतालमा चेकजाँच गराउन रोग पत्ता नलागेको भन्दै सञ्जयले पत्नी रिंकुलाई झाँक्री कहाँ लिएर गए ।

    त्यस क्रममा रिंकु काम्न थालेको र आफूलाई शिलादेवीको दिवंगत छोरा कृष्णा हुँ भनेको सञ्जयको दाबी छ । त्यही कारण सञ्जयले भाउजुमाथि बोक्सीको आरोप लगाए र २७ असोजको साँझ ५ बजेतिर जनकपुरबाट साइकलमा मडईस्थित आई घरमा सुतिरहेकी शिलादेवीको हथौडा प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । भाउजुको हत्यापछि उनी जनकपुर फर्किएका थिए ।

    महोत्तरी प्रहरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, ‘उनलाई मारेपछि मात्र परिवार सुरक्षित हुन्छ भन्ने अन्धविश्वासको कारण शिलादेवीको हत्या गरेको देखिन्छ ।’ भाउजु शिलादेवीलाई सापटी दिएको १२ लाख ३९ हजार फिर्ता पनि नदिएको सञ्जयको दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार