२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एमालेले देशैभर एकैदिन वडा अधिवेशन गर्ने मिति तोक्यो


२४७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक १, सोमबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको महाधिवेशन अन्तर्गत कात्तिक ६ गते शनिवार देशैभर एकैदिन वडा अधिवेशन गर्ने भएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरूको अधिवेशन एकैसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    आगामी शनिवार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशैभरका इन्टरनेटको पहुँच भएका वडाहरूको अधिवेशन एकैसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको तामाङले जानकारी दिए ।

    केही दिनअघि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न भएको विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका निर्धारण गरेको थियो । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ गतेसम्म बुटवलमा गर्ने तय भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार