२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

काभ्रेमा बोलेरो दुर्घटना,प्रधानाध्यापकको निधन


२८६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे जिल्लाको भुम्लु-५ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक चौरिदेउरालि-४ का ४९ वर्षीय कमल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

     

     

    श्रेष्ठ सरस्वती माबी, चौरीदेउराली-४ छेडाका प्रधानाध्यापक हुन । उनको निधन उपचारका क्रममा धुलिखेल अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको प्रहरीको भनाइ छ । दोलालघाट हुँदै चौरिदेउरालितर्फ जाँदै गरेको बा २१ च ९२१० नंको बोलेरो भुम्लु गाउँपालिका-५ जामुने खोलामा सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

    कुखुराको दाना बोकेर चौरिदेउरालितर्फ जाँदै गरेको बोलेरो बुधबार राति करिब ९ बजे तिर दुर्घटना भएको थियो । बोलेरोमा चालक श्रेष्ठमात्र थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार