२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगर अधिवेशनको लागि पाँचखालमा पुर्ण तयारी


२२०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ४, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । नेकपा एमालेको नजिकदै गरेको १० औं महाधिवेशनको लागि तिब्र गतिमा अगाडी बढ्दै गर्दा पाँचखाल नगरकमिटिले कार्तीक ६ गते हुने वडा अधिवेशन तथा कार्तीक ९ गते हुने नगर अधिवेशनको लागि बिभिन्न कमिटिहरु गठन गरी अघि बढेको छ ।

    ९ गते पाँचखालको जय श्रीकृष्ण पार्टी प्यालेसमा पुर्व संञ्चार तथा सुचना मंन्त्रि एवं नेकपा एमाले काभे्र जिल्ला संगठन कमिटिका इञ्चार्ज साथै केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले उद्घाटन गर्ने उक्त कार्यक्रमको तयारीको लागि नेकपा एमाले पाँचखाल नगर कमिटिले बिभिन्न कमिटिहरु गठन गरी अगाडी बढेको जानकारी प्राप्त भएको छ ।

    नेकपा एमाले पाँचखाल नगर कमिटिका अध्यक्ष गंगा प्रसाद अधिकारीको संयोजकत्वमा १ हजार १ जनाको नगर अधिवेसन मुल आयोजक कमिटि गठन भएको छ । त्यसैगरी नेकपा एमाले नगरकमिटि पाँचखालका सचिव बिष्णुहरी पौडेलको संयोजकत्वमा ५०१ सदश्यीय प्रचार प्रसार कमिटि, युवा संघका संयोजक प्रताप लामाको संयोजकत्वमा १५० जनाको स्वयम सेवक परिचालन कमिटि र व्यवस्थापन कमिटिका संयोजक पुष्कर ढकालको संयोजकत्वमा १७५ जनाको मुल व्यवस्थापन कमिटि गठन गरी नगर अधिवेसनको लागि तयारीका साथ अगाडी बढेको छ ।

    त्यसैगरी मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनको तयारीको लागि महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो । समितिको सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु रिमाल, काशीनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहेका छन् ।

    यसबाहेक सातै प्रदेश र सम्पर्क समन्वय कमिटीको प्रतिनिधि मूल व्यवस्थापन समितिमा रहने बैठकले निर्णय गरेको छ । बैठकले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रको वडा अधिवेशन र पालिका अधिवेशन सार्ने निर्णय भएको छ ।

    तर कात्तिकभित्र सबै वडा र पालिका अधिवेशन गरिसक्ने सचिव प्रदीप ज्ञवालीले बताए । एमालेले कात्तिक ६ मा तोकिएको वडा र कात्तिक ९ मा पालिका अधिवेशन गर्ने तयारी गरेको छ । बैठकले १५–१७ असोजमा भएको विधान महाधिवेशनको समीक्षा पनि गरेको छ । विधान महाधिवेशनले भावनात्मक एकता सिर्जना गरेको र सफल भएको निश्कर्ष निकालेको ज्ञवालीले बताए ।

    ३१ असोजदेखि परिरहेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानबाट पुगेको क्षतिप्रति दुख व्यक्त गर्ने निर्णय बैठकले गरेको छ । बाढी, पहिरो र डुवानमा परेकाहरुलाई उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन एमालेले कार्यकर्ता पंक्तिलाई निर्देशन एमालेले दिएको छ ।

    बैठकले रेडक्रस सोसाइटी र एनआरएनएको गतिविधिमाथि सत्तारुढ पक्षबाट भएको हस्तक्षेपको विरोध जनाएको ज्ञवालीले बताए । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ । भोलिको बैठकमा दश बुँदे कार्यान्वयनमा देखिएको समस्याबारे समेत छलफल गर्ने कार्यसूची छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार