२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा ४३ अर्वको लागतमा विश्वविद्यालय बन्दैछ—बाँस्कोटा माधव नेपाल प्रचण्ड जस्ता तुहिएकाहरुको चर्चा गर्दिन


२९९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ६, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । पुर्व सुचना संञ्चार तथा प्रविधि मन्त्री एवं नेकपा एमालेका केन्द्रिय सदस्य साथै काभे्र जिल्लाका इञ्चार्ज गोकुल बाँस्कोटाले एमाले पार्टी भित्रका बामदेव गौतम भन्दापनि महां अपराधी माधब नेपाल जस्ता हुतिहारा तुहिएकाहरुको चर्चा गरेर समय बरवाद नगर्ने बताउनु भयो ।

    आज (शनिबार) पाँचखाल नगरपालिका वडा नं ६ को प्रथम वडा अधिवेशनको उद्घाटन गर्दै पुर्व मन्त्रि बाँस्कोटाले उक्त धारणा राख्नु भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले भन्नुभयो—बिचरा माधव नेपालका (एस) पार्टीमा लागेकाहरुले सदस्य समेत जित्दैनन् । एस पार्टीको अवस्था दयनिय बन्दै गएको छ, “मलाई केहिदिन अगाडी सम्म काभे्र जिल्ला भरिमा ४ हजार मल ल्याउलान्कि जस्तो लागेको थियो अवत २ हजार ५ सयमा झरेको छ ।” “ एस पार्टीको अवस्था दयनिए बन्दै गएकोले सायद उम्मेदवारी पनि नदेलान् ।” बाँस्कोटाले भन्नुभयो ।

    कार्यक्रममा बाँस्कोटाले भन्नुभयो—नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल केही दिन अगाडी धुलिखेलबाट पाँचखालको खावा सम्म जिपलाईनमा झुण्डिएका थिए, आगामी निर्वाचनमा माओवादी पार्टीको अवस्था त्यस्तै झुन्डिने मात्रै हुन्छ, न यता न उता । पार्टी एकता गरी अगाडी बढिरहेको अवस्थामा माधब नेपाल, प्रचण्ड जस्ता पिराहा मुलुकको हित नचाहने झुन्डहरुका कारण नेपाल पछि परेको बताउनु भयो । उहाँले थप्नुभयो एस्ता पिराह झुन्डहरुलाई पन्छाउन जरुरी थियो, पन्छियो पुराना कुहिएका पातहरु खसे जसका कारण नयाँ पालुवा पलाउन मद्धत मिलेको छ जसका कारण अवका दिनमा नेपालको विकास तिब्र गतिमा अगाडी बढ्ने ठोकुवा गर्नुभयो ।

    प्रमुख अतिथि बाँस्कोटाले पाँचखालमा देशकै सवैभन्दा ठुलो अन्तराष्ट्रिय स्तरको शिक्षा हासिल हुने विश्वविद्यालय बन्ने ठोकुवा गर्नुभयो । १ हजार रोपनिमा बन्ने मदन भण्डारी विश्वबिद्यालयको लागि १ अर्व ५५ करोड डिपिआरमा खर्च हुने र निर्माण कार्य सम्पन्न गर्न ४३ अर्व लाग्ने बताउनु भयो । काम निकै अगाडी बढेको छ, यो कार्य सम्पन्न गर्न एमाले नै चाहिन्छ, यो विश्वबिद्यालय पाँचखाल र आसपासको भविस्य भएको बताउनु भयो । आगामी निर्वाचनमा नेपाली काँगे्रससंग सामान्य प्रतिस्पर्दा हुने अन्य पार्टी त सखाप हुने ठोकुवा गर्दै पाँचखालमा पार्टी तपाईहरु बनाउनुहोस पाँचखाललाई स्वर्ग बनाउने काममा आफुले अगुवाई गर्ने बताउनु भयो । पाँचखाल एमाले मय हुनु भनेको हालको बिकास निर्माणको योजनाहरु सफलहुनु हो । एमालेले हार्यो भने हालको योजना सखाप हुने ठोकुवा गर्नुभयो ।

    पाँचखालमा झुक्याएर नेपाली कांगे्रसले जित्यो, झुटको खेती गर्दै गरेको कुरा नगरवासिहरुले बुझि सकेका छन् । पाँचखालमा मेयर महेश खरेलले ३ हजारलाई रोजगारी दिने भन्दै भ्रम फैलाएको तर तीन सयलाईनि रोजगारी दिन नसकेको बाँस्कोटाले बताउनु भयो । एमालेको अगुवाईमा भएको बिकास निर्माणको कार्यलाई आफुले गरेको भन्दै झुटको खेति गर्दै सडकमा फित्ता बोकेर हिडेको कुरा नगरवासीले राम्ररी बुझेको बताउनु भयो ।

    जेष्ठ कम्युनिष्ट मञ्च पाँचखालका अध्यक्ष बलराम पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उप—प्रमुख मञ्जु गौतम, पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, नेकपा एमाले काभे्र जिल्ला कमिटि सदस्य कञ्चन अधिकारी, जिल्ला सदस्य राजकुमार श्रेष्ठ, अ.ने.म संघ केन्द्रिय सदस्य शुभद्रा अधिकारी,समाजसेवि लक्ष्मण दुलाल, नवप्रतिभा माविका प्रिन्सिपल सरोज न्यौपाने, जनप्रतिनिधि शिवहरी पराजुली लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    नेकपा एमाले पाँचखाल नगर कमिटि सचिब बिष्णुहरी पौडेलबाट संञ्चालित कार्यक्रममा जन सांस्कृतिक महांसंघ सचिवालय सदस्य अमृत खातिले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै भरपुर्ण मनोरञ्जन प्रदान गर्नुभएको थियो । अधिवेसनबाट बरुण डुंगानाको अध्यक्षतामा वडा कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा कविता कोइराला रम्तेल, सचिव दिपक श्रेष्ठ, सह सचिब राजकुमार श्रेष्ठ (राजु), सहसचिव पार्वति ढुंगाना चयन भएको छ । त्यसैगरी सदस्यहरुमा यादव दनुवार, शुस्मा खड्का, दिनेश मिजार, चन्द्र वहादुर दनुवार, राजकुमार श्रेष्ठ, विदुर श्रेष्ठ, रमा दंगाल, ज्योति कायष्ठ, प्रदिप पौडेल, दिप शागर गौतम, नवराज मिजार, लक्ष्मण बाँनियाँ, प्रल्हाद तिमल्सिना, राजु प्रधान, सुनिता दनुवार, रमा दनुवार, निता रायमाझि (कार्की) , फाल्गुण कुमार श्रेष्ठ लाई चयन गरिएको छ । त्यसैगरी सुरज पन्तको अध्यक्षतामा १६ सदस्यीत युवा संघको गठन भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार