२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

माओवादी र एस पार्टीले एक सिट जितेमा वलिदानी गर्छु—खतिवडा


२०५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ६, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । नेकपा एमालेका जिल्ला कमिटि सदस्य एवं पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडाले नेपालि कांग्रेसले छलछाम गरी केही समय सत्ता खोसेकोमा आगामी निर्वाचनमा फिर्ता लिने बताउनु भयो ।

    आज (शनिबार) नेकपा एमाले पाँचखाल नगरपालिका वडा नं ६ को वडा अधिवेशनमा शुभकामना मन्तव्य दिदै वडा अध्यक्ष खतिवडाले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रममा खतिवडाले भन्नुभयो—पाँचखालको १३ वटै वडामा एमालेको पक्षमा जनलहर छाएको छ, आगामि निर्वाचनमा पाँचखालको १३ वटै वडा नेकपा एमालेको पक्षमा हुन्छ । उहाँले थप्नुभयो—माओवादी जस्तो खराव पार्टी अरु कुनै छैन, त्यसैले गर्दा खराव पार्टी परित्याग गर्दै सहिदको सपना साकार पार्न आफु नेकपा एमालेमा लामबद्ध भएको हो । एमाले बाहेक अरुले सहिदको सपना पुरा गर्न नसक्ने ठोकुवा दिदै पाँचखालमा हाम्रो प्रतिस्पर्धा नेपाली कांगे्रससंग मात्रै हो । खतिवडाले भन्नुभयो ।
    पाँचखालमा अरु पार्टीको कुनै अस्तित्वनै छैन, माओवादी र माधव नेपालको (एस) पार्टीले पाँचखाल नगरमा सदस्य समेत जित्न नसक्ने बताउंदै उनिहरुले सदस्य पनि जितेर देखाएमा आफु वलिदानि गर्न तयार रहेको बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार