२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ओली नेतृत्वको दुई तिहाईको सरकारले जनहितको पक्षमा काम नगरेपछि विद्रोह गरीयो—मन्त्री झाँक्री


१९५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ६, शनिबार मा प्रकाशित २ साल अघि
  • कात्तिक ६, काभ्रे। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुई तिहाइको सरकारले पनि काम गर्न नसकेपछि विद्रोह गरेर नयाँ पार्टी खोल्नुपरेको बताउनुभएको छ। नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आज आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री झाँक्रीले दुई तिहाईको सरकार र पार्टी बनायौ तर त्यहाँ सहि काम गर्ने वातावरण नबनेकाले नै बिद्रोह गर्नुपरेको उल्लेख गर्नुभयो।

    ओली सरकारलाई दुई तिहाईको मत दिए पनि जनताको हित हुने कुनै काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाई थियो।मन्त्री झाँक्रीले परम्परागत रुपमा हुने विकासको अन्त्य आवश्यक रहेको बताउनुभयो। ‘शक्तिशाली, बोली बिक्ने र कलम चल्ने’का पछाडिमात्रै विकास कुदेकोले प्रतिफल नदिएको बताउदै उहाँले शक्तिको पछाडि विकास ‘कुद्ने’ परम्परा अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। न्योयोचित, योजनाबद्ध विकास आवश्य रहेको उहाँको भनाई छ।

    ‘दमकमा ३/४ अर्बमा बनेको भ्युटावरको उपलब्धि के, गरिबी घटाउन त्यसको भूमिका के, जनताको जीवनस्तर उकास्न त्यसले के गर्छ भन्ने दुई लाइन पनि अनुसन्धान भएको छैन, उहाँले शक्तिशाली देखाउन हालिने योजनाले प्रतिफल दिन नसकेको बताउनुभयो।

    ‘शब्दकै आधारमा’ स्मार्ट सहर, बस्ती विकासको बहस हुने गरेको तर्क गर्दै अनुसन्धान र आवश्यकताका आधारमा विकास हुनुपर्नेमा उहाँको जोड थियो।

    कार्यक्रममा बागमती प्रदेश सदस्यद्धय लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, नेपाली काँग्रेस काभ्रे प्रदेश क्षेत्रिय समितिका सभापति रमेशप्रसाद हुमागाई, एकिकृत समाजवादी जिल्ला सचिव दीपक गौतम, माओवादी केन्द्रका दिपदयाल सोजु, जातीय उत्पीडित मुक्ती समाजका पदम विक, अखिल नेपाल महिला संगठनकी पासाङ डोल्मो तामाङ लगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा धुलिखेल नगर अध्यक्ष दयासागर योगलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यादव कोइरालले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार