२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गुड्दै गरेको यात्रुवाहक बसमा आगो दनदनी , धन्न बाँचे यात्रु


२०३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ७, आईतबार मा प्रकाशित २ साल अघि
  • ७ कात्तिक, काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

    बसमा सवार यात्रुहरु भने सकुशल छन् । यात्रुका केही लगेज पनि जलेको छ । बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए ।

    बसमा आगो लाग्नुको कारण खुलेको छैन । यद्यपि बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार