२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

करेन्ट लागेर दुई जनाको मृत्यु


२०४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ७, आईतबार मा प्रकाशित २ साल अघि
  • ७ कात्तिक, मलङ्गवा । सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    ईश्वरपुर नगरपालिका-१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका-७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले जानकारी दिए ।

    यसैगरी करेन्ट लागेर नै ब्रहम्पुरी-२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको सो कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो ।

    यसैबीच बागमती नगरपालिका-५ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बागमती-८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार