२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौतीमा मुक्तक कृति लोकार्पण सम्पन्न


२६१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ८, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,पनौती, कवि,नियात्राकार एवं समालोचक प्रदीप सापकोटाको मुक्तक संग्रह “मनको वारपार “तथा कवि पुर्णबहादुर श्रेष्ठको मुक्तक संग्रह “पुर्णपात्र”को एक समारोह भब्य लोकार्पण गरिएको छ ।

    काभ्रेको साहित्यको उर्वर भुमी पनौतीमा समकालीन साहित्य प्रतिस्ठान बेलायतको आयोजनामा नगरपालिका सभा हलमा एक भव्य समारोह विच सम्पन उक्त कार्यक्रम आयोजक सस्थाका महासचिव समालोचक डा.लेख प्रसाद निरौलाको अध्यक्षता एवं पनौती नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा वरिष्ठ कवि मोहन दुवाल, उपमेयर गीता बन्जारा,कवि एवं पनौती साहित समाजका अध्यक्ष राम सुन्दर देउजा,साहित्यकार,कवि सुर्यप्रसाद लाकोजु ,बरिस्ठ लोक गायक मच्छेश्वर सापकोटा , साहित्यकार डा.सुमन ताम्राकार,नेपाल रेडक्रस सोसाइटी काभ्रेका संयोजक नारायण ढुंगाना ,गायक विजयराम कर्माचार्य सहितले लोकार्पणमा सहभागीता जनाएका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख भिम न्यौपानेले श्रस्टा द्वयलाई बधाई व्यक्त गर्दै साहित्यको बिकासको निम्ति नगरपालिका जहिल्यै साथ सहयोग गर्न तयार रहेको बताए ।

    धेरैले मन पराउने मानिएको विधा मुक्तकका लोकार्पण गरिएका “मनको वारपार”को वारेमा टिप्पणी समालोचक डा.लेखप्रसाद निरौला तथा “पुर्णपात्र”को बारेमा टिप्पणी साहित्यकार सुर्य लाकोजुले गर्नु भएको थियो। मनको वारपारमा १सय १ वटा समसामयिक राजनीतिक दुराबस्था,प्रेम विछोड,अभाव,अमानवीयता आदि बिषयबस्तु समेटिएका सचित्र मुक्तकहरु समाबेश छन भने अर्को कृति पुर्णपात्रमा १ सय ११ वटा विभिन्न बिषयबस्तु केन्द्रित मुक्तकहरु समाबेश गरिएका छन। कवि नरेन्द्रकुमार नगरकोटीले सन्चालन गरेको उक्त लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य पनौती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले गरेका थिए भने लोकार्पण गरेका कृतिका श्रस्टाहरुले आ आफ्नो मन्तव्य राखेका थिए।

    बिशिस्ट अतिथि साहित्यकार मोहन दुवालले शुभकामना व्यक्त गर्दै काभ्रेली श्रस्टाको मुक्तक संग्रह थपिएकोमा खुशी व्यक्त गर्नुभयो ।अर्का बक्ता पनौती साहित्य समाजका अध्यक्ष राम सुन्दर देउजाले आफ्नो मुक्तक सहित शुभकामना व्यक्त गर्नुभयो। लोकार्पण कार्यक्रममा थुप्रै कवि, साहित्यकारहरुको जमघट रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार