२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगरप्रमुख खरेल र इजरायली राजदुत गोडर बीच भेटवार्ता


२६५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ८, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडर बीच भेटवार्ता भएको छ ।
    राजदूत गोडरले मेयर खरेललाई पाँचखाल स्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेट गर्नु भएको हो । भेटमा कृषि क्षेत्रमा दुई पक्षीय साझेदारीका बिषयमा छलफल भएको मेयर खरेलले जानकारी दिए । ‘इजरायल र पाँचखाल नगर बीच कृषि क्षेत्रलाई आधुनिकिकरण र नयाँ प्रबिधी भित्र्याउने बिषयमा छलफल भयो । केहि समयमानै यसले मुर्त रुप लिनेछ । चाँडैनै नगर र इजरायली राजदुतावास बिचमा समझदारी हुदैँछ’ मेयर खरेलले भने ।

    कुराकानीको क्रममा कृषकलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा छलफल समेत भएको थियो । साथै इजरायलले पाँचखालका किसानहरुलाई आधुनिक खेति प्रणली तथा प्ररम्परागत खेति भन्दा नगदेबालीका विषयमा तालिम समेत दिईने विषयमा कुराकानी भएको मेयर खरेलले जानकारी दिए ।

    पाँचखाल नगरपालिकाले बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । पाँचखाल नगर कृषि शहर मुल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आईरहेको छ । पाँचखाल नगरपालिका ताजा तरकारी र अन्न उत्पादनका हिसाबले काभ्रे जिल्लाकै सबैभन्दा राम्रो क्षेत्र मानिन्छ । तर सिंचाई अभावमा सोचेजति किसानले आम्दानी लिन भने सकेका छैनन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार