२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रेड पाण्डाको छाला सहित काभ्रेलि लामा पक्राउ


२८९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ९, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रे (धुलिखेल) – दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित काभ्रे जिल्लाको रोश गाउँपालिका  घर भएका  २६ वर्षीय युवक लामा पक्राउ परेका छन् । उनीसँगै अरु ५ जनालाई महानगरीय अपराध महाशाखाबाट खटी गएको विशेष अनुसन्धान टोलीले काठमाडौँ चाबहिलबाट पक्राउ गरेको हो ।

    चाबहिल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा उनीहरुलाई प्रहरीले कात्र्तिक ७ गते पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट अन्दाजी १ थान ९० से.मी. लम्बाई र १५ से.मी.चौडाई भएको प्रतिबन्धित दुर्लभ रेड पान्डा र ६ थान मोबाइल सेट बरामद गरेको हो ।

    प्रहरीले काभ्रेका लामा सहित नुवकोट जिल्लाका पन्चकन्या गाउँपालिका वडा नं ४ का २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा जिल्लाको सिलुचुङ गाउँपालिका वडा नं २ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं २ का सुभाष गिरी र रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं ६ का दावा घले रहेका छन् । महानगरीय अपराध महाशाखाबाट खटी गएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौ पठाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार