२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौतीले ४ हजार ६ सय परिवारको स्वास्थ्य बीमा गरिदिने


२०२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ९, मंगलबार मा प्रकाशित २ साल अघि
  • कात्तिक ९, काभ्रे। पनौती नगरपालिकाले ४ हजार ६ सय परिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ। आज नगरपालिकामा भएको स्वास्थ्य  बीमा सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा पनौती नगर क्षेत्रका ४ हजार ६ सय घर परिवारको स्वास्थ्य बीमा गरिदिने पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले बताउनुभयो।

    बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले पनौती नगरपालिकाले उक्त कार्यक्रम ल्याएको प्रमुख न्यौपानेको भनाई छ।

    नगरपालिकाले ६ सय दलित जनजातिको घरपरिवारको बीमाको एक वर्षको सबै प्रीमियम भुक्तानी गर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो। यस्तै नगरपालिका भित्रका सहकारीसंगको समन्वयमा विभिन्न सहकारीमा सदस्य रहेका ४ हजार घर परिवारको बीमा गरिने छ। जसमा ५ जना सदस्य भएको परिवारलाई नगरपालिकाले १ हजार र सहकारीको तर्फबाट १ हजार र उक्त बीमित परिवारको तर्फबाट १ हजार ५ सय भुक्तानी गर्ने पर्ने प्रमुख तिमल्सिनाले बताउनुभयो।

    हालसम्म पनौती नगरपालिकामा करिब २ हजार ५ सय परिवारका करिब १६ हजार भन्दा बढी व्यक्तिहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध रहेका छन्। पनौती नगरपालिका र स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो।

    कार्यक्रममा नगर प्रमुख भीम न्यौपाने, उपप्रमुख गीता बञ्जारा, नी. प्रमुख प्रशासकीय अधिकृत इन्द्र अधिकारी. स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमलसिना, रिना पूरी, अनिलराज ढुंगेल र राष्ट्रिय स्वास्थ्य बीमा बोर्डबाट मुना निरौला तथा बीमा अभिकर्ता, वडा सचिव र स्वास्थ्य संस्था प्रमुखको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार