२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोसिपारी विकासको लागि सांसद लम्सालको पहलमा १८ करोड


२४५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक १२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे (भुम्लु) – बागमती प्रदेश सभाका सांसद लक्ष्मण लम्सालको पहलमा जिल्लाको भुम्लु गाउँपालिकामा विकासको मुहार फेरिने भएको छ । भुम्लु गाउँपालिकाको कोसीपारी दोलालघाट सिलामे सापिङ सिम्थली बेखसिम्ले सडक पिच गर्न सांसदको पहलमा १८ करोड बजेट बिनियोजन भएको छ ।

    दोलालघाट,सिलामे, सापिङ्ग, रिठ्ठे, सिम्थली बेखसिम्ले सडक खण्ड अन्तर्गत सिलामेदेखि राम्चे करिब ५.५ किलोमिटर बाटो पिच निर्माण कार्य अगाडी बढेको छ । उक्त सडक निर्माणको निरन्तरताको लागि ) बागमती प्रदेश सभाका सांसद लक्ष्मण लम्सालको पहलमा १८ करोड बजेट विनियोजन भएको जानकारी प्राप्त भएको छ ।

    जनताको विकासको अपेक्षा पूरा गर्न पहलकदमी सांसद लम्सालले कार्य गर्दै आएका छन् । चुनावी समयमा जनता समक्ष प्रतिबद्धता गरेको वाचा गर्दै आफूले विकास निर्माण कार्यलाई तिब्रता दिएको सांसद लम्सालले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार