२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा आगलागी, फर्निचर उद्योग जलेर ध्वस्त


२५२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक १३, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिका वडा नं ५ केराघारीमा रहेको महांलक्ष्मी फर्निचर उद्योगमा शुक्रबार राती आगलागि हुंदा फर्निचरमा भएको समपुर्ण सामाग्रीहरु जलेर ध्वस्त भएको छ ।
    शुक्रबार सााझ ८÷४५ बाट सुरुभएको आगलागी राती ११÷१५ मा नियन्त्रणमा आएको थियो । आगलागि भएको जानकारी पाउना साथ पाँचखाल नगरका पैमुख महेश खरेल, पाँचखाल उद्योगवाणिज्यं संघका अध्यक्ष राजन कार्की, सशस्त्र प्रहरी १५ र्न गण पाँचखालका डिएसपि बासुदेब महत,प्रहरी चौकी पाँचखालका प्रमुख समेत स्थानियको उपस्थितिमा आगो नियन्त्रण गर्ने प्रयास भएको थियो ।
    आगो नियन्त्रणमा लिनको लागि जुटेका जनप्रतीनिधि सुरक्षा निकाय साथै स्थानियको प्रयास असफल भएपछि पाँचखाल नगरपालिकामा रहेको दमकल र धुलिखेल नगरपालिकाको दमकल प्रयोगमा ल्याईएको थियो । दुई दमकलको सहायतामा आगो नियन्त्रणमा लिईएको थियो ।
    फर्निचर उद्योगका प्रोपाईटर देवराज वि.क.का बुवा रामशरण बि.क भन्नुभयो—उद्योगमा कसैले पेट्रोल खन्याएर आगलागि गराईदिएको हुनसक्छ । मामाघरमा माइजुको बर्खान्त थियो, हामी शुक्रबार दिउंसो ११ बजे उद्योग बन्द गरेर मामाघर गयौं, उद्योग बन्द गर्दा विद्युतको मिटर समत बन्द गरेका थियौें । हामीले उद्योगको इन्सोरेन्स नगरेको कारण थप मारमा परेका छौं, उद्योगमा आगलागि हुंदा ५० लाख भन्दा बडीको क्षति भएको छ । सडक जामको कारण दमकल छिटो आउन सकेन दमकल आउन १ घण्टा भन्दा बडी समय लाग्नाले पनि क्षति बडी भयो बि.क ले भन्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार