२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


२१४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक १५, सोमबार मा प्रकाशित २ साल अघि
  • १५ कात्तिक, वीरगञ्ज । पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका-५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

    पर्साको पटेर्वासुगौली गाउँपालिका-१ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरेको थियो । कात्तिक १२ गते राति १२ बजे उनलाई जंगली हात्तीले आक्रमण गरे पनि प्रहरीले ढिलो सूचना पाएको थियो । घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

    स्रोतका अनुसार मनहरीबाट चार जना जंगलको बाटो हुँदै पर्सा आइरहेका थिए । जंगली हात्तीलाई देखेपछि उनीहरू भागेका थिए । सोमबहादुर भाग्न सकेनन् । उनलाई हात्तीले आक्रमण गर्‍यो । भागेर घर पुगेकाहरू भोलिपल्ट सोमबहादुरलाई खोज्दै आए । उनी खोलाको बगरमा मृत भेटिए । पुनः घर फर्केर गई उनीहरूले वडाध्यक्षमार्फत प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । रातिको समयमा जंगलको बाटो उनीहरू किन आए भन्ने खुलेको छैन ।

    मकवानपुरको मनहरी हुँदै जंगलको बाटो पर्साको पटेर्वासुगौलीमा रातिको समयमा अवैध लागूऔषध गाँजाको तस्करीसमेत हुने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार