२०८० फागुन १०, बिहिबार | Thu, 22, Feb, 2024

प्रेस सेन्टरको नेनृत्वमा रोजन


१७६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक १७, बुधबार मा प्रकाशित २ साल अघि
  • माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर, नेपाल काभ्रे शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रोजन तामाङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

    अधिवेशनले उपाध्यक्षमा नवराज अधिकारी, अञ्जली तामाङ, सचिवमा शिवप्रसाद पन्त, सहसचिवमा प्रकाश दाहाल, क्रान्ति लामा, कोषाध्यक्षमा इकमान लामा चयन भएका छन् । समितिका सदस्यहरुमा जीवन घिििसङ, किरण कुमार पुलामी मगर, प्रेम स्याङतान, लोकबहादुर लामा, गीता तिमल्सिना, क्षितिज नेपाली लगायत रहेका छन् ।

    यसैबीच अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा बसन्तकुमार श्रेष्ठ, चुडामणि तिमल्सिना, कुमार गौतमलाई चयन गरेको छ भने प्रदेश अधिवेशन प्रतिनिधिहरुमा सन्तोष दाहाल, रचना मोक्तान, धनबहादुर स्याङतान, भरत अधिकारी, गंगा दोङ रहेका छन् ।

    अधिवेशनको उद्घाटन प्रेस सेन्टर, नेपालका महासचिव विष्णुप्रसाद सापकोटा (जुगल)ले एक कार्यक्रमका बीच गरेका थिए । कार्यक्रममा सेन्टरको केन्द्रिय सचिव लक्ष्मण खड्का, वागमती प्रदेश कमिटी अध्यक्ष सुनिल खड्का, माओवादी केन्द्र काभ्रेका अध्यक्ष रुकु चौंलागाईं, वागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ), सेन्टरका केन्द्रिय सदस्यहरु, विभिन्न संगठनका नेताहरुको सहभागीता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार