२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सामाजिक हितको खातिर कार्य गर्नेलाई साथ दिन्छु—खरेल (भिढियो सहित)


३१४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक १८, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । काभ्रे पाँचखाल वडा नं ६ स्थित तिनपिप्ले बजारमा रहेको तिनपिप्ले युवा क्लबको आयोजनामा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान, चियापान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

    साँस्कृतिक कार्यक्रको उद्घाटन गर्दै पाँचखाल नगरमा प्रमुख महेश खरेलले सामाजिक हितको खातिर अगाडी बढ्ने युवाहरुलाई साथ दिने बताउनु भयो । उहाँले थप्नुभयो युवाहरु समाजका गहना हुन सो गहना रुपी युवाहरुलाई सघाउनु हामी सवैको दायित्व भएकोले एक जुट भएर सघाउनु पर्ने धारणा राख्नुभयो ।

    त्यसैगरी कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले नेपालिहरुले मनाउंदै आएको बिभिन्न संस्कृतिले नेपालको पहिचान काएम राख्न सफल भएकोले कला र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनु भयो । युवाहरुले क्लब स्थापना भएदेखी हाल सम्म निरन्तर रुपमा दिपावलिको अवसरमा संस्कृति र कलाको संरक्षण गर्ने कार्यगर्दै आएकोमा खुसि व्यक्त गर्दै यस्ता कार्यहरु आगामि बर्षहरुमा पनि निरन्तर रुपमा गर्ने वातावरणको लागि आफुले सघाउने बताउनु भयो ।

    क्लबका अध्यक्ष सरोज धितालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कलाकारहरु हरि कर्माचार्य, सरोज लामिछाने, गितादेवि, ब्रोकन हर्ट, डिम्स डान्स स्टुडियो,सुनिता लुङ्गवा लगाएतका कलाकारहरुले भरपुर्ण मनोरञ्जन प्रदान गर्नुभएको थियो । त्यसैगरी नवप्रतिभा माविका विद्यार्थीहरुले प्रस्तुत गरेको गित तथा नृत्यले कार्यक्रममा सहभागि दर्शकहरुको मन जित्न सफल भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिदै क्लबका सचिव सुजन राजभंडारीले क्लबको स्थापनाको उद्देश्यको वारेमा प्रकास पार्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार