२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका तामाङ पत्रकारको अध्यक्षमा अञ्जली


२५८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक २४, बुधबार मा प्रकाशित २ साल अघि
  • तामाङ पत्रकारहरुको साझा संस्था तामाङ पत्रकार संघ, काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अञ्जली तामाङको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ ।

    अधिवेशनलेले उपाध्यक्षमा चित्र तामाङ, सचिवमा कृष्ण घिसिङ, सह–सचिवमा लोकबहादुर लामा, कोषाध्यक्षमा सुनिता लुङ्बा निर्विरोध निर्वाचित भएका छन् ।
    त्यसैगरी सदस्यहरुमा जीवन तामाङ, विजय जिम्बा, कृतिका घ्लान, अशोक बुद्ध लामा, सृजना तामाङ, लालध्वज तामाङ रहेका छन ।

    अधिवेशनले बागमती प्रदेश अधिवेशनको लागि प्रतिनिधिहरु समेत चयन गरेको छ । प्रदेश अधिवेशन प्रतिनिधिहरुमा जगतमान तामाङ, हिरामान बल, कृष्णबहादुर घिसिङ, शर्मिला थिङ, सुनिता लुङ्बा, मोतिलाल मोक्तान र चित्र तामाङ रहेका छन ।

    यसैबीच अधिवेशनले राष्ट्रिय महाधिवेशनको लागि समेत प्रतिनिधिहरु चयन गरेको छ । महाधिवेशन प्रतिनिधिहरुमा अञ्जली तामाङ, लोकबहादुर लामा, कृतिका घ्लान, इकमान लामा, हिरामान लामा, डिलबहादुर थोकर, रोजन तामाङ र महेन्द्र थिङ रहेका छन् ।

    अधिवेशन संघका केन्द्रिय महासचिव बुद्ध योञ्जनको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव योञ्जनले तामाङ पत्रकारहरुले तामाङ जातिका पहिचानको मुद्धालाई स्थापित गरेको बताउँदै अब पनि पत्रकारिताको माध्यमबाट जागरण अभियान चलाउनुपर्नेमा जोड दिए ।

    त्यसैगरी कार्यक्रममा संघका केन्द्रिय सविच पेमा लामा, प्रेस चौतारीका केन्द्रिय उपमहासचिव हिरामान लामा, प्रेस सेन्टरका केन्द्रिय सदस्य ग्याम्जो लामा, नेपाल पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष बद्रीराज तिमल्सिना, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य शिशिर दोङ, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य ध्रुव रायमाझी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष रोजन तामाङ, प्रेस यूनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, फोटपत्रकार महासंघका वागमती प्रदेश अध्यक्ष केशवराज पौडेल, वरिष्ठ पत्रकार आरएल श्रमजीवी लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार