२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कम्युनिष्ठ गडमा कांग्रेसमा प्रवेश गर्नेको लर्को (नामावली सहित)


४७३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक २७, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । पाँचखाल, नेपाली कांग्रेस पाँचखालले आफ्नो संगठनलाई विस्तार गर्दै जाने क्रममा पाँचखाल नगरपालिकामा एक पछि अर्को वडा कार्यालयहरु संञ्चालन गर्ने क्रम जारी रहेको छ ।

    वडा कार्य समितिको कार्यालय संञ्चालन गर्ने क्रममा आज (शनिबार) पाँचखालको वडा नं ६ मा कार्यालय उद्घाटन भएको छ । नेपाली कांगे्रसको हालै सम्पन्न नगर अधिवेशनबाट वडाको जिम्मेवारी सम्हाल्नु भएका श्याम वहादुर दुलालको पहलमा वडा कार्यालय स्थापना गरीएको छ । कार्यालय स्थापनाको क्रममा नेकपा एमाले र नेकपा माओवादीबाट नेपाली कांगे्रसमा प्रवेस गर्नेहरुलाई टिका र माला लगाएर स्वागत गरिएको थियो ।

    पाँचखाल वडा नं ६ कम्युनिष्टको गडको रुपमा परिचित थियो , तर पछिल्लो समयमा आएर नेपाली कांगे्रसले आफ्नो संगठनलाई विस्तार गर्दै अगाडी बढ्ने क्रममा कम्युनिष्ट पार्टीसंग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको कांगे्रस नेताहरुको भनाई रहेको छ । ०७४ को स्थानिय तहको निर्वाचनमा तेस्रो स्थानमा रहेको पाँचखाल नगरपालीका वडा नं ६ हाल आएर पहिलो स्थानमा रहेको दावि गर्नुहुन्छ वडा सभापति श्याम वहादुर दुलाल ।

    वडा कार्यालय स्थापना साथै पार्टी प्रवेस कार्यक्रमका प्रमुख अतिथि नेपाली कांगे्रस काभे्र जिल्ला समितिका सभापति मधु प्रसाद आचार्यले भन्नुभयो—यस क्षेत्रबाट निर्वाचित भएका गोकुल बाँस्कोटा मन्त्री हुनुभयो उहाँको कारणले गर्दा काभे्र घर भन्न समेत लाज मर्दो अवस्था भएको छ । मन्त्री भएको थोरै समयमै ठुलो भ्रष्टाचारको अभियोग लागेर पद च्युत भयो जसले गर्दा काभे्रलीको इज्जत माटोमा मिल्यो । पाँचखाल नगरमा नेपाली कांगे्रसलाई जिताउनु भयो फलस्वरुप वागमती प्रदेशकै उत्कृष्ट नगरहुन सावित भयो । जसका कारण आजको अवस्थामा महेश खरेलको नाउ उच्च भएको छ । त्यतिमात्रै नभएर नगरको उपमेयर लक्ष्मी दनुवारले न्यायिक कार्यमा उत्कृष्टता हासिल गरेकोले आम पाँचखाल वासिले राम्रोसंग बुझ्नु भएको छ , कांगे्रस र कम्युनिष्टले जनतालाई गर्ने सेवाको भिन्नता ।

    कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेलले भन्नुभयो—कम्युनिष्टहरुको व्यवहारबाट आजित भएका पाँचखालका नगरवासिहरुले नेपाली कांगे्रसलाई साथ दिनुभएको छ । हामी जनताको हितको पक्षमा निरन्तर लागि रहन्छौं, वि.पि.को सिद्धान्तलाई अंगालदै जनताको संरक्षण गर्ने कार्यको लागि निरन्तर रुपमा अगाडी बढ्छौं । उहाँले थप्नुभयो विभिन्न पार्टी चाहार्दै पार्टीको खोल ओडेर ठगि गर्नेको पहिचान गर्ने कार्यमा जनता कमजोर नभएको बताउनु भयो ।

    कार्यक्रममा प्रदेश सभाको उम्मेदवार शुन्दरमणि आचार्यले भन्नुभयो—कम्युनिष्टहरुको भ्रमको खेतीलाई पाँचखाल नगरवासिले राम्रोसंग बुझेको छ । अवका दिनमा त्यस्ता भ्रमको खेती टिक्दैन, हालको अवस्थामा पाँचखाल कांगेसमय भएको छ । नेपाली कांगे्रसले नगरवासिको सम्पुर्ण चाहना पुर्ण गराउने छ । जनताले राम्रोसंग के बुझेका छन् भने—कम्युनिष्ट बलियो भयो भने भ्रष्टाचार बढ्छ, कांगे्रस बलियो भएमा विकास निर्माणको मुल फुट्छ । पाँचखालका नगरवासिले कांग्रसलाई साथ दिएको छ, अव नगरवासिको विगत देखीको लामो समएदेखिको अधुरो सपना छिटै साकार हुने छ ।

    नेपालि कांगे्रस पाँचखाल वडा नं ६ का वडा सभापति श्याम वहादुर दुलालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांगे्रस जिल्ला समितिका उप—सभापति अच्युत पौडेल, पाँचखाल नगर समितिका सभापति संञ्जय तामाङ, महिला संघ काभे्र अध्यक्ष शुभ लक्ष्मी मानन्धर, नेपालि कांगे्रस जिल्ला समिति आमन्त्रित सदस्य हरी दुलाल, पाँचखाल नगरका उप—मेयर लक्ष्मी दनुवार, कांगे्रस नेता दिनानाथ ढुंगाना लगाएतले शुभकामना मन्तव्य राखनु भएको थियो । नेपालि कांगे्रस पाँचखाल नगरपालिका वडा नं ६ का क्षेत्रिय प्रतीनिधि नन्द प्रसाद दुलालले कार्यक्रम संञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा स्वगत मन्तव्य सानुवावु श्रेष्ठले गर्नुभएको थियो ।

    कार्यक्रममा पुर्णलाल श्रेष्ठ, सौरव श्रेष्ठ, नविन परियार, राहुल परियार, रविन परियार, सरोज गौतम, तिर्थ वहादुर श्रेष्ठ, इन्दिरा गौतम, सन्तोष मिजार, सौरव गौतम, सगुन गौतम, राजु राना मगर, अर्जुन नेपाल, रामगोपाल दनुवार, मंगल परियार, श्याम परियार, रामकृष्ण परियार, आशिस परियार, विजय परियार, राजु परियार, अरुण बस्नेत, श्रीकाले दनुवार, सुमन राई, साजन राई, टंक वहादुर राई, अभिमन्यु राई, शिवप्रसाद गौतम, समिक्षा दनुवार, सर्मिला चौलागाई, विष्णु तामाङ,मनोज वोगटी, राजन दाहाल, जिवन कुमार श्रेष्ठ, पदम बहादुर कायष्ठ, राजन वि.क, सरस्वती कायस्ठ, सानि कायस्ठ लगाएत नेकपा एमाले र माओवादी पार्टी परित्याग गर्दै नेपाली कांगे्रस प्रवेश गरेकिा थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार