२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कांग्रेस प्रदेश अधिवेशन मंसिर १६ र १७ गते,तोक्यो सातै प्रदेशमा संयोजक


२४६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक २८, आईतबार मा प्रकाशित २ साल अघि
  • २८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ ।

    आइतबार बसेको केन्द्रीय समितिको बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेको हो ।

    हाल पार्टीको प्रदेश समिति नभएका कारण अधिवेशनका लागि संयोजक तोकिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ । बैठकले पार्टीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको संयोजकत्वमा आवास तथा भोजन समिति गठन गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार