२०८० फागुन १४, सोमबार | Mon, 26, Feb, 2024

आगलागिको कारन १७ घर र ३ घुम्ती पसल ध्वस्त


२०६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ३०, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३० कात्तिक, काठमाडौं । मुगु सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ ।

    गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो । सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

    गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ । आगलागीमा मानवीय क्षति भएको छैन । धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको डिएसपी भट्टराईले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार