२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विप्लवका ८६ कार्यकर्ता पक्राउ


२२४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ३०, मंगलबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं – महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्द गराउँदै हिँडेका ८६ कार्यकर्ता पक्राउ परेका छन् ।

    नेपाल बन्दको प्रभाव यातायात र शिक्षा क्षेत्रमा देशभर परेको छ । अघिल्ला दिनको तुलनामा सार्वजनिक सवारीसाधन नचल्दा सर्वधारणलाई समस्या भएको छ । औद्योगिक क्षेत्र र व्यापार व्यवसायमा समेत बन्दको सामान्य प्रभाव परेको जनाइएको छ ।

    नेपाल बन्दका क्रममा सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्दकर्तालाई देशभरबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् । विप्लव नेकपाले पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल बन्द कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ । यातायातका सवारीसाधन सामान्य रुपमा सञ्चालन भइरहेको र जनजीवन सामान्य रहेको प्रवक्ता रमेशकुमार बस्नेतले दाबी गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार