२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रे ईट्टा उद्योगको जिम्मेवारीमा पुन खायमली, एशियाकै वातावरण मैत्रि ढंगबाट ईट्टा उद्योगहरु संञ्चालनमा—अवाल


५३६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । काभ्रे ईट्टा उद्योग व्यवसायी संघको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आज (बुधबार) पाँचखालमा सम्पन्न भएको छ । अधिवेशनबाट पुन जितेन्द्र खायमलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

    कार्यसमितिको उपाध्यक्षमा आशाराम फांजू, सचिब कृष्ण प्रसाद छ्वाजू, कोषाध्यक्ष रमेश दुवाल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा राकेश छुका, सुरेश श्रेष्ठ, रामप्रसाद चौलागाई, सानु कोजु र राजिव खायमली रहनु भएको छ ।

    बार्षिक साधारण सभाको उद्घाटन गर्दै नेपाल ईट्टा उद्योग महांसंघका महां सचिव कृष्ण प्रसाद अवालले भन्नुभयो—एशियाकै राम्रो साथै वातावरण मैत्रि ढंगबाट ईट्टा उद्योगहरु संञ्चालन गरेर सामाजिक हितको खातिर कार्य गरीदै आएको छ । इसिमोड संस्थासंग सहकार्य गर्दै पाकिस्तानमा भएको प्रविधिहरु भन्दा पनि राम्रो तरिकाले व्यवसाय संञ्चालन गर्ने बिषयमा व्यवसायीहरुले तालिम लिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि अवालले थप्नुभयो—समाजलाई घात हुने ढंगको कुनै कार्य गरिन्न । उद्योगले सामाजिक हितको लागि कार्य गर्नु पर्छ, सोही तरिकाले उद्योगहरुलाई संञ्चालन गर्दै बेरोजगारीलाई रोजगार साथै उद्योग रहेको स्थानमा स्थानिय सरकारमा समेत टेवा पुर्याउने बताउनु भयो । उद्योगका कारण समाजमा नकारात्मक असर नपुर्याउनको लागि बिभिन्न आधुनिक प्रबिधिहरु अपनाईएको छ साथै उद्योगमा प्रयोग हुने कोईलाको गुणस्तरमा समेत परिक्षण गरी प्रयोगमा ल्याउने तयारीमा छौं ।

    कार्यक्रमका बिषेश अतिथि भक्तपुर ईट्ट उद्योग व्यवसायी संघका अध्यक्ष नाती भाई ह्येम्वाले भन्नुभयो—हामी व्यवसायीहरुले राज्यलाई ठुलो परिणाममा कर तिर्छौ तर समयमा धेरै कर तिर्नेलाई हौसला दिनुको वदला दुस्मनको व्यवहार गरेकोमा दुखेसो पोख्नुभयो । मुलुकमा उद्योगीहरुलाई हौसला दिएर सहज ढंगबाट उद्योग संञ्चालन गराउने वातावरण तयार गरीदीनुको बदलामा धम्क्याउने गरेको वताउनु भयो । नेपालमा उद्योगीहरुलाई संरक्षण नगर्दा बिभिन्न उद्योगहरु धारासायी भए जसका कारण परजिवि हुनु परेको छ । नेपालमा जेन तेन दुख जेलो ईट्टा उद्योगहरु संञ्चालन भएको छ, जसका कारण निर्माणमा सहज भएको छ । यदि ईट्टा उद्योगहरु पनि धारासायी हुने हो भने मुलुकमा लाखौ मजदुरहरु वेरोजगार हुने साथै राज्यले प्राप्त गरेको करोडौं राजश्व गुम्ने बताउनु भयो ।

    कार्यक्रमका बिषेश अतिथि ह्येम्वाले उद्योग संञ्चालन हुंदा स्थानियकर, जग्गाभाडा कर, उद्योग कर लगाएतका करहरु तिर्दै आएको बताउनु भयो । सरकारले उद्योग संञ्चालनको लागि दिएको अनुमतिलाई स्थानिय सरकारले हेर्ने दृष्टिकोण नराम्रो भएको दुखेसो पोख्नुभयो । उहँले पाँचखालमा संञ्चालन भएको उद्योगहरुलाई लक्षीत गर्दै भन्नुभयो “पाँचखालमा जम्मा ७ वटा ईट्टा उद्योगहरु संञ्चालनमा छन्, जसका कारण ५ हजारले रोजगारी पाउनाको साथै प्रतेक्ष्य अप्रत्यक्ष धेरै फाईदा पुगेको छ ।”

    कार्यक्रममा नव निर्वाचित अध्यक्ष जितेन्द्र खायमलिले आफ्नो प्रतिबद्धता मन्तव्य दिदै भन्नुभयो—हामी उद्योगीहरुले सामाजिक उत्तर दायित्व विर्सन हुदैन । हामीले विगतमा सामाजिक हितको खातिर जुन ढंगले योगदान गरेको थियौं आगामी दिनमा विगत भन्दापनि थप योगदान दिदै अगाडी बढ्नुपर्ने बताउनु भयो । मजदुरहरुको दुर्घटना (५ लाख) विमा गरिएको, जसको लागि २ करोड खर्च गरेको बताउनु भयो । भुकम्पको महाँमारी, कोरोनाको प्रकोपको समयमा एउटा उद्योग बराबर ५० लाख बरावरको योगदान पुर्याएको बताउनु भयो । आगामी दिनमा गुणस्तरीय सामाग्री उत्पादन गर्ने, वातावरण मैत्रि ढंगबाट व्यवसाय संञ्चालन गर्ने, ग्राहकले खरिद गरे अनुसारको संख्यामा सामाग्री पुग्नुपर्ने, सामाजिक हितको बिषयमा कार्य गर्दै व्यवसायीहरु अगाडी बढ्नुपर्ने वताउनु भयो ।

    कार्यक्रममा वातावरण विद दिनेश साह, वागमति टिपर व्यवसायी संघका पुर्व अध्यक्ष शेर वहादुर कुवर लगाएतले आ—खाफ्नो धारणा राख्नुभएको थियो । संघका कोषाध्यक्ष कृष्ण प्रसाद छ्वाजुले आर्थिक प्रतिवेदन प्रूतुत गर्नुभएको थियो भने व्यसायी लक्ष्मी सुन्दर प्रजापतिले कार्यसमित निर्विवादित ढंगबाट सहमतिए आधारमा निर्माण गर्न भुमिका निर्वाह गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार